सृजनशिल कार्यमा ‘दाह्री ग्याङ’ (फोटो कथा)

कोहलपुरका युवाहरु सृजनशिल अभियानमा जुटेका छन । दाह्री ग्याङ कोहलपुरमा आवद्ध भएका युवाहरुले पहिलो प्रयासका रुपमा सामाजिक कार्यमा हात हालेका हुन । शनिबार दाह्री ग्याङ कोहलपुरमा आवद्ध युवाहरुले कोहलपुर हाईस्कुल अगाडीको सडकमा जेब्राक्रसीङ मर्मत गरेका छन ।

कोहलपुरमा धारावाहिक रुपमा दुर्घटना बढेको भन्दै युवाहरुले पहिलो चरणमा कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर-१० हाईस्कुल नजिकैको जेब्राक्रसीङ मर्मत गरेका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख पविन्द्र बमको उपस्थितीमा युवाहरुले जेब्राक्रसीङ मर्मच गर्ने अभियान सुरु गरेको दाह्री ग्याङ कोहलपुर संयोजक सन्दिप बिक्रम शाहीले जानकारी दिए ।

अभियान अन्तर्गत कोहलपुर हाईस्कुलदेखि चौराहसम्मको सडकखण्डमा रहेका जेब्राक्रसीङ मर्मत गर्ने योजना रहेको शाहीले बताए । यसकासाथै कोहलपुरमा संचालन भईरहेको क्रिसा रनिङ्ग शिल्ड प्रतियोगितामा नि:शुल्क पानी वितरण गरिएको शाहीले जानकारी दिए ।