दोस्रो विश्‍वयुद्धकालिन बम भेटियो

इटलीमा दोस्रो विश्वयुद्धमा प्रयोग गरीएको बम भेटिएको छ । ईटालीको ब्रिन्दिसी शहरमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम भेटिएपछि त्यसक्षेत्रका ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ ।

बमलाई निस्क्रिय बनाउन सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती बम एक मिटर लामो र २ सय किलोग्रामको छ । जुन गत नोभेम्बर २ मा सिनेमाको काम गर्ने क्रममा भेटिएको हो ।

मानिसलाई खाली गर्ने काममा एक हजार भन्दा धेरै सुरक्षाफौज खटिएका छन् । साथै २ सय ५० स्वयंसेवक यस काममा साथ दिएका छन् ।