दाह्री ग्याङले कोहलपुरमा जेब्राक्रसीङ बनाउने

कोहलपुरमा दुर्घटना बढेपछि स्थानिय युवाहरु ट्राफिक चिन्ह मर्मत गर्न अग्रसर देखिएका छन । दाह्री ग्याङमा आवद्ध युवाहरु कोहलपुर नेपालगन्ज सडकखण्ड अन्तर्गत कोहलपुर-१० हाईस्कुल नजिकैको जेब्राक्रसीङ मर्मत गर्न तम्सीएका हुन । शनिबार बसेको दाह्री ग्याङको तेस्रो बैठकले कोहलपुर हाईस्कुल क्षेत्रमा जेब्राक्रसीङ बनाउने निर्णय गरेको हो ।

दाह्री ग्याङ कोहलपुर संयोजक सन्दिप बिक्रम शाहीको अध्यक्षतामा बसेको बैठकले त्रिभुवन उच्च मावि अगाडीको क्षेत्रमा सरसफाई गर्ने निर्णय समेत गरेको छ । केही दिन पहिले सडक दुर्घटनामा एक बालिकाको दुबै खुट्टा गुमेपछी कोहलपुरमा आन्दोलन भएको थियो । आन्दोलनका क्रममा गरीएको फोहोर संकलनकालागी विद्यालय अगाडीको राजमार्गमा सरसफाई गरिने भएको हो ।

आगामी शनिबार सरसफाईका साथै विद्यालय अगाडी रहेको ट्राफिक चिन्ह (जेब्राक्रसीङ) मर्मत गर्ने निर्णय भएको दाह्री ग्याङ कोहलपुरका सदस्य सिजन श्रेष्ठले जानकारी दिए ।