पादेर लामखुट्टे मार्ने अच्चमको जागीर

शिर्षक पढेर तपाई अचम्ममा पर्नुभयो होला । तर यो सत्य हो । युगाण्डाका एक ब्यक्तिको जागीर नै पाद्ने हो । अफ्रिकाको युगाण्डामा बस्दै आएका ४८ वर्षीय वामिरामाको पादमा रहेको विषाक्त तत्वले लामखुट्टे मरेपछि उनले पाद्ने जागीर पाएका छन । वैज्ञानिकहरुले उनको पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् । ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ ।

पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टे लगायत विभिन्न ससाना किराहरु मर्ने गरेका छन् । द मिररका अनुसार यी व्यक्तिले आफ्नो पादको शक्तिबाट लामो समयदेखि स-साना किराहरु मार्दै आएका छन । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनको पाद संकलन गर्दै आएको छ । उनी जागिरेका रुपमा कोठामा जाने र पाद्‍ने गर्छन् । कम्पनीले पादबाट नयाँ किटनाषक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु केही वैज्ञानिकले समेत पादको अध्ययनका लागि रकम दिएर उनको पाद लगेर गएका छन् । पादका कारण युगाण्डाका यी व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइ सकेका छन् ।

सामान्य खानेकुरा खाने गरेका गरेको वामिरामा दैनिक रुपमा नुहाउने गर्दछन । यद्यपी उनको पादको प्रभाव भने हरेक दिन कायम रहँदै आएको छ ।