आफ्नै भवनमा सर्यो एभरेष्ट बैंक, नवनिर्मित भवन उद्घाटन

एभरेष्ट बैंक लि. नेपालगंज शाखाले अब आफ्नै भवनबाट सेवा प्रदान गर्ने भएको छ । नव-निर्मित भवन उद्धघाटनसँगै बैंकले सोही भवनबाट नियमित सेवा प्रवाह सुरु गरेको हो ।

शुक्रबार विशेष कार्यक्रमको आयोजना बैंकको नव निर्मित भवनको उद्धघाटन गरिएको छ । नेपालगंज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि डा. धवल शम्शेर राणाले नवनिर्मित भवनको उद्घाटन गरेका थिए । भवन उद्घाटन कार्यक्रममा बोल्दै राणाले एभरेष्ट बैंक नेपालगंज शाखाले आफ्नो स्थापनाकाल देखि नै यस क्षेत्रमा विश्वसनिय तथा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बताए । आगामी दिनहरुमा समेत बैंकले गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै राणाले नगरपालीकाको तर्फबाट बैकलाई गर्नुपर्ने आवश्यक जुनसुकै सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै बैकका नायव महाप्रबन्धक राजिव जैनले प्रदेश नं. ५ व्यापारिक केन्द्र भएको र आगामि दिनहरुमा यस क्षेत्रमा थप शाखा स्थापना गर्दै आधुनिक तथा गुणस्तरिय बैंकिङ्ग सेवा उपलब्ध गराउने जानकारी दिए ।

कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादूर अधिकारी लगायत उपस्थित अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेपालगंज शाखाका प्रबन्धक निर्मल खनालको स्वागत मन्तव्यबाट सुरु गरिएको उद्घाटन कार्यक्रममा बैकका विभिन्न शाखाका शाखा प्रबन्धकहरु, कर्मचारीहरु, उधोगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधी र ग्राहकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण एभरेष्ट बैंक लि. शाखा रहित बैकिंङ्ग विभागका ज्योति प्रसाद रोकाले गरेका थिए ।

नेपालभर संजाल विस्तार गरेको बैकले ९४ शाखा, २८ राजस्व संकलन केन्द्र, १ सय २० एटिएम तथा ४ सय ८१ व्यवसायिक प्रतिनिधी मार्फत देशभर सेवा प्रदान गदै आईरहेको छ ।