हिउँको च्यादर ओढेकी रारा (फोटोफिचर)

पर्यटकीय क्षेत्र रारालाई हिउँले ढाकेको छ । बिहीबार अपराह्नदेखि हिउँ परेपछि ताल वरिपरिका रुख जमिन सेताम्य भएका छन् । हिउँ परेपछि पर्यटक रमाएका छन् ।

रारामा यो वर्ष दुई पटक हिउँ परिसकेको छ । बिहीबार रातिदेखि रारा सेताम्य भएपछि पर्यटक थप आकर्षित भएका छन । ५ इन्च भन्दा बाक्लो हिउँ परेकाले जमिनको घाँस पात समेत ढाकीएक छन भने घरको छाना हिउँले टोपीएको छ ।

जाडो छल्न साइबेरिया, नैनीताल, मानसरोवरबाट पानीजन्य चराहरु आउने र अर्कोतिर हिउँ रारा सेताम्य हुने भएकोले निकै रमाइलो र आकर्षक देखिने गरेको छ ।

रारा तालभन्दा आधा घण्टा दूरीमा रहेको मुर्मा गाउँलाई पनि हिउँले ढाकेको छ ।

स्रोत : कान्तीपुर

तस्बिर : लाल भण्डारीको फोसबुकबाट