बिरेन्द्रनगरका डेरीमा अनुगमन, ७ दिनभित्र प्रशासनमा उपस्थित हुन निर्देशन

सुर्खेतको वीरेन्द्रनगरमा रहेका उद्योग डेरीहरुको अनुगमन गरिएको छ। दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका लागु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका अनुसार अनुगमन गरिएको जनाईएको छ । सर्वसाधारणको स्वास्थ्यमा सुविधा कायम राख्न दुध तथा दुधजन्य पदार्थको अनुगमन गरिएको हो।

बुधबार १० पसल अनुगमन गरीएकोमा लाईसेन्स नभएका ९ वटा पसलहरुलाई ७ भित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको प्रशासकिय अधिकृत उत्तम शर्माले जानकारी दिए । उनले गुणस्तरीय सामाग्रीहरु समेत नभएकाहरुलाई सबै कुराको जानकारी गराएर प्रसासन आउन समेत अनुरोध गरिएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयका प्रमुख भेषबहादुर थापाले डेरीसँग सम्बन्धित मेसिनबाट प्याकेजिन गरेर बिक्रि वितरण गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन ।

अनुज्ञानपत्र भएमा मात्र उद्योगीले सामान ठिक छ या छैन भनेर थाहा पाउने भएकाले प्याकेटको आवश्यकता पर्ने थापाले बताए । प्रमुख थापाले उद्योगहरु मापदण्डको काम पुरा गरेर मात्र सञ्चान गर्नुपर्ने भन्दै यदी त्यसो नगरेको पाईए कारवाही गर्ने चेतावनी समेत दिएका छन ।