ऋतिक रोशन एशियाकै सेक्सी पुरुष !

अभिनेता ऋतिक रोशन फिल्म ‘वार’ रिलिज पछि निकै चर्चामा आएका छन् । उनले फेरी एक नयाँ रेकर्ड बनाएका छन् । उनी ‘सेक्सिएस्ट एशियन मेल अफ २०१९’ बनेका छन् ।

ऋतिकको फिल्म ‘वार’ र ‘सुपर ३०’ ले बक्स अफिसमा मात्र नभई विदेशमा पनि आफ्नो रेकर्ड बनाउन सफल भएको छ । फिल्मको सफलतासँगै ऋतिक एशियाकै सेक्सी पुरुषको लिस्टमा शिर्ष स्थानमा परेका छन् । बुधबार लन्डनमा सार्वजनिक भएको यो लिस्टको पहिलो नम्बरमा ऋतिक परेका हुन् । ब्रिटिस न्युज युकली ईस्टर्न आइले ४५ वर्षीय ऋतिकलाई सेक्सिएस्ट एशियाको टपमा पारेको हो । विश्वभरबाट प्राप्त भोटिङको आधारमा ऋतिकलाई एशियाकै सेक्सी पुरुषको उपाधि प्रधान गरिएको हो ।

बलिउडका अभिनेता साहित कपुरले २०१७ मा यो अवार्ड पाएका थिए तर यो वर्ष उनी दोस्रो स्थानमा पुगेका छन् । साथै टिभी कलाकार विवियन तेस्रो स्थानमा परेका छन् । अभिनेता टाइगर श्राप चौथो स्थानमा पर्न सफल भएका छन ।