केराबारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

पाल्पाको केराबारीमा बिहिबार जिप दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत भएको छैन ।

सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा(टुक्रा भएको छ । जीपमा कतिजना सवार थिए भन्नेसमेत यकिन नभएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार बुटवलमा मर्मत गरेर फर्किंदै गरेको जीप दुर्घटना भएको हो ।