मिनिट्रकको ठक्करबाट ज्यान गुमाउनेको पहिचान खुल्यो

बुधबार नेपालगन्जमा मिनिट्रकले ठक्कर दिंदा २ जनाको ज्यान गएको छ । नेपालगन्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १स्४० बजे साइकलमा सवार दुइ जनालाई भे १ ख २८४७ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो ।

ठक्करबाट दलबहादुर रावलको घटनास्थलमै ज्यान भएको थियो भने अर्का एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालीका वडा नं. १५ निवासी ३८ वर्षिय रावलको घटनास्थलमै ज्यान गएको हो ।