मिनिट्रकले साईकलयात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु

बाँकेको नेपालगन्जमा साईकलयात्रीलाई मिनि ट्रकले ठक्कर दिदा घटनास्थलमै ज्यान गएको छ । नेपालगन्जको ग्यालेसी दरवार होटल नजिक बुधबार दिउँसो करिब १:४० बजे समयमा साइकलमा सवार दुइजनालाई भे १ ख २८४७ नम्बरको मिनिट्रकले ठक्कर दिएको थियो । ठक्करबाट एक जनाको ज्यान गएको र अन्य एक जना गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।

घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।