नवलपरासीको सिजि धाम नजिकै आगलागी

पूर्वी नवलपरासीको सिजि (शाश्वतधाम) नजिकै रहेको के.के. अटो सर्भिस मोटरसाइकल वर्कसप र किराना पसलमा भीषण आगालागी भएको छ ।

देवचुली नगरपालिकाको सिजि अर्थात् शाश्वतधाम अगाडिको तुलसी महतोको किराना पसल र सँगै जोडिएको के.के. अटो सर्भिस मोटरसाइकल वर्कसपमा आगालागी भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

विद्युत शर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमानबाट खुल्न आएको छ । आगो कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाको वारुण फायर यन्त्र, प्रहरी र स्थानीयको प्रयासमा अहिले आगलागी नियन्त्रणमा लिईएको हो । आगालागीबाट भएको के कति क्षति भयो यसको विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ । आगालागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भएको प्रहरीले जनाएको छ ।