सागमा नेपालको ऐतिहासीक जित, १०० औं स्वर्ण पूरा

सन १९८४ मा नेपालबाटै सुरु भएको दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संकरणमा पुग्दा नेपालले स्वर्ण संख्या १०० पुर्‍याएको छ । १२ औं सागसम्ममा नेपालले कुल ७९ पदक जितेको थियो । नेपालले अहिलेसम्म १२५ रजत र २८० कास्य जितीसकेको छ ।

सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । नेपालले १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो ।

सागको १३ औं संस्करण अन्तर्गत नेपालले स्वर्ण सँख्या २१ पुर्याएको छ । कराँतेको व्यक्तिगत स्पर्धामा सुनिता महर्जनले स्वर्ण पदक जितेपछि यो सागमा नेपालको स्वर्ण संख्या २१ पुगेको हो ।

तेस्रो दिन सुनिता, सन्तोषी श्रेष्ठ, विजय सिञ्जाली, सुस्मिता तामाङ, हिमाल टमटा र नवीन रसाइलीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन । १३ औं सागको दोस्रो दिन नेपालले १५ स्वर्ण जितेको थियो ।

१९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।

२००४ मा पाकिस्तानमा आयोजित सागमा सात स्वर्ण जितेको नेपालले २००६ मा श्रीलंकामा आयोजित दशौं सागमा १५ स्वर्ण जितेको थियो ।

यसपटक तेस्रो दिन नै दशौं सागमा भन्दा बढी २१ स्वर्ण जितिसकेको छ । यो आठौं सागपछिको दोस्रो ठूलो सफलता हो । २०१० मा आठ र २०१६ मा जम्मा तीन वटा स्वर्ण जितेको थियो ।