जङ्गलमा भेटियो प्रीतिमायाको शव

मकवानपुरगढी गाउँपालिका-४ स्थित जङ्गलमा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान मनकामना सामुदायिक वनको जङ्गलमा महिलाको शव फेला परेको हो ।

उक्त शव मकवानपुरगढी-४ बस्ने सोमबहादुर पाख्रिनकी श्रीमती (अन्दाजी ३९/४० वर्षीया) प्रीतिमायाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यही मङ्सिर १४ गते बेलुका घरबाट हराई बेपत्ता भएकी उनको आफन्तले खोजतलास गर्ने क्रममा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।