फोनिज प्रदेश ५ महासचिवमा गजेन्द्र गुरुङ चयन

काँचुली खबर अनलाईनका सम्पादक गजेन्द्र गुरुङ्ग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ५ नं. प्रदेशको महासचिवमा निर्वाचित भएका छन । सोमबार पाल्पाको सुकेतालमा सम्पन्न ५ नं. प्रदेश स्तरीय प्रथम महाधिवेशनबाट गुरुङ महासचिवमा सर्वसम्मत चयन भएका हुन ।

बाँकेको प्रतिनिधित्व गर्दै पाल्पा पुगेका गुरुङ महासचिव, प्रज्वल श्रेष्ठ र रवीन्द्रमान शेरचन सदस्यमा चयन भएका छन ।

प्रथम महाधिवेशनबाट यमबहादुर गाहा मिलन अध्यक्षमा निर्वाचित भएका छन । जसको खुला उपाध्यक्षमा सबी थारु, महिला उपाध्यक्ष प्रभा गाहा, संगठन सचिव नगेन्द्र चौधरी, संस्थागत सचिव रवीन्द्र पुन मगर र कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । सदस्यमा मीनाकुमारी कुमाल, नीता चौधरी, विष्णुकुमार आले, रामअवतार चौधरी र यमुना चौधरी चयन भएका छन् ।