गुप्तांगमा लुकाएर ब्राउन सुगर तस्करी

सुर्खेत प्रहरीले लागुऔषध तस्करीको नयाँ घटना सार्वजनिक गरेको छ । यौनाङ्गमा लुकाएर लागु औषध (ब्राउनसुगर) तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । नेपालगन्जबाट सुर्खेततर्फ जाँदै गरेका बर्दियाको मधुबन नगरपालिका ५ शान्तिपुरका दिनेश थापालाई प्रहरीले पक्राउ गरिएको हो।

थापाले कट्टुको भित्र यौनाङ्गमा ब्राउनसुगर लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउससुगरसहित नियन्त्रणमा लिएको हो ।

थापाले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई गुप्तांगमा लुकाएर राखेका थिए। ‘चेकजाँच गर्दा पनि पत्ता नलागोस् भनेर गुप्तांगमा लुकाएर ल्याएको रहेछ,’ चेकजाँचमा खटिएका प्रहरी हवल्दार लालबहादुर परियारले भने ‘छामछुम गर्दा गुप्तांग र ब्राउन सुगर छुट्याउन मुस्किल थियो। कट्टु खोल्दा ब्राउनसुगर पत्ता लागेको हो।’

उनको साथबाट ब्राउनसुगर बिक्री गरी ल्याएको ८४ हजार ८ सय २० रुपैयाँसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगंजबाट भे ५ प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत जाँदै गर्दा सुर्खेतको सुब्बाकुना चेकपोष्टमा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो ।