प्रेसर कुकर पड्किदाँ खत्री गम्भीर घाईते

खाना पकाउने क्रममा प्रेसर कुकर पड्किदाँ बाँकेकी युवा नेतृ दुर्गा खत्री गम्भीर घाईते भएकी छन । शनिबार बेलुका खाना पकाउने क्रममा प्रेसर कुकर पड्किएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १ मा बस्दै आएकी खत्रीको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

खत्रीको नाम, आँखा र टाउकोमा गम्भीर चोट लागेको अस्पताल स्रोतले जनाएको छ । सल्यानी सेवा समाज बाँकेको कोषाध्यक्ष समेत रहेकी खत्रीको अवस्था खतरामुक्त रहेको र केही सल्यक्रिया गर्न अझैं बाँकी रहेको परिवार स्रोतले जनाएको छ । ।