ऐरावति गाँउपालिकामा स्वतन्त्र उम्मेदवार विजयी

प्यूठानको ऐरावति गाँउपालिका २ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन । शनिबार भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका भिमेस घर्ति मगर वडाध्यक्षमा विजयी भएका हुन । स्वतन्त्र उम्मेदवार मगरले ८५५ मत प्राप्त गरेका छन भने उनका निकटम प्रतिद्धन्दी राजमोका उम्मेदवार भक्तबहादुर बिकले ५०४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी ऐरावति गाँउपालिका १ र प्यूठान नगरपालिका २ भने नेकपाले जित हासिल गरेको छ । ऐरावति गाँउपालिका १ मा नेकपाका दोर्ण पाण्डे र प्यूठान नगरपालिका २ मा मुक्ति पोख्ररेल विजयी भएका छन ।

ऐरावति एकमा बिजयि पाण्डेले ६९६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका उम्मेदवार अमर रेस्मी मगरले ६८७ मत प्राप्त गरेका छन ।

प्युठान नगरपालिका २ मा नेकपाका उम्मेद्वार मुक्ती पोख्रेलले ११९८ मत विजय भएका छन् । उनी निकटम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेद्वार मोहन सिंह विष्टलाई २ सय ८४ मतान्तरले पछि पार्दै विजय भएका हुन् ।