योग समितिको अध्यक्षमा भट्टराई निर्वाचत

योग समिति नेपालको नयाँ नेतृत्व चयन गरिएको छ । नियमित योग प्रशिक्षण लगायत गतीविधि गर्दै आएको योग समितिको शनीबार नेपालगञ्जमा सम्पन्न प्रथम भेला तथा अधिवेशनले गीरीराज भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको हो ।
सर्वसहमत निर्वाचीत कार्यसमितीको उपाध्यक्षमा सुनिल कुमार गुप्ता, लोकमाया सुवेदी (सुमित्रा), सचिवमा निर्मला शाह, सहसचिवमा जगदिशचन्द्र तिमील्सेना, कोषाध्यक्षमा अम्वीका कोइराला र सह कोषाध्यक्षमा निराजन शाह रहेका छन । यस्तै कार्यसमितीको सदस्यहरुमा मिना न्यौपाने, मन्दिरा शर्मा, जया चन्द, शालिकराम खनाल, लक्ष्मी विष्ट र सन्तोष राढ चयन भएका छन ।

निर्वाचीत कार्यसमिती पदाधिकारी र सदस्यहरुलाई निर्वाचन अधिकृत एवं सल्लाहकार विश्वजित तिवारीले शपथ ग्रहण गराउदै प्रमाण पत्र प्रदान गरेका थिए । यस अघि उदघाटन सत्रका प्रमुख अतिथी एवं नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष नन्दलाल वैश्यले योगले आध्यात्मिकताको ज्ञानसँगै स्वस्थ जीवज जीउन सीकाउने भन्दै यसको थप व्यापकता बारे प्रचार प्रसार गर्नु पर्ने आवश्यक्ता औल्याए । यस्तै कार्यक्रमका विशिष्ठ अतिथी एवं जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले योगलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने बताए । पत्रकार महासंघ प्रदेश न ५ का सचिव शुक्रऋषि चौलागाईले योगलाई संस्थागत विकाससँगै वस्तीस्तरमा पनि विकास गर्न जरुरी रहेको बताए ।

योग समितिका उपाध्यक्ष सुनिल कुमार गुप्ताद्धारा स्वागत गरिएको कार्यक्रममा जिल्ला अदालत बर्दियाका श्रेस्तेदार राजेन्द्र प्रसाद भट्टराई, योग समितीका सह कोषाध्यक्ष एवं राजनीतीकर्मी राजन रानामगर, योग समितीका सल्लाहकार एवं अधिवक्ता तिवारी लगायतले शुभकामना दिए । सोही समारोहमा विशिष्ठ योगदान पु¥याउने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्याय, श्रेष्तेदार भट्राई, अधिवक्ता तिवारी, नेपालगञ्ज वडा नं. १३ का वडा अध्यक्ष बिरेन्द्र बहादुर शाह, वडा नं. ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नं. ९ का अध्यक्ष विष्णु लामा, राजन रानामगर, नन्दलाल वैश्य, निर्मला शाह र अम्वीका कोइरालालाई पनि सम्मान गरिएको थियो ।