कोहलपुर नगरपालिका वडा नं.६ मा नेकपाका रामशरण ६४ मतले विजयी (भिडियो सहित  )

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ६ मा नेकपाका राम शरण थारुले ८०० मत पाएर विजयी भएका छन। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका श्रीकृष्ण थारुले मत ७३६ पाउनु पाएका थिए । यस वडामा जम्मा मतदाता २०२६ रहेकोमा आज भएको निर्वाचनमा १६३४ खसेको थियोे । यस वडामा नेपाली काँग्रेसबाट विजयी वडा अध्यक्षको निधन भएकोले उपनिर्वाचन भएको हो ।

कोहलपुर नगरपालिका वडा नं. ६ को अन्तिम नतिजा नेकपाका रामसरण थारु ६४ मतले बिजयी
नेकपाका रामसरन थारु ८००
नेपाली कांग्रेसका श्रीकृष्ण थारु ७३६
राप्रपाका श्रीधर सुबेदी ६१
नेमकिपाका दिलक्षि हमाल १३
संघिय समाजबादी फोरमका शाभाखर पोखरेल १०
बदर मत १४
जम्मा खसेको मत १६३४
जम्मा मतदाता संख्या २०३६