प्यूठानका तिन वडामा मतदान, मतदाताहरु उत्साहीत

प्युठान जिल्लामा उपनिर्वाचनको लागि मतदान भइरहेको छ । बिहान ७ बजे देखि प्यूठान जिल्लाको ३ वटा वडाका मतदाताहरु उत्साह पुर्ण रुपमा लाईनमा बसेर मतदान गरिरहेका छन् ।

प्युठान नगरपालिका वडा नम्बर दुईको वडा कार्यालय (क) र (ख) र जानकी माध्यामीक विद्यालय चिति खोलामा मतदान हुदै छ । उक्त वडामा दुई हजार नौ सय ४७ जना मतदाताको संख्या रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्याधिस विष्णु गौतमले जानकारी दिए ।

यस्तै ऐरावती एकको लागि दाङवाङ प्रावि दाङवाङ, दाङवाङ मावि अमिली, वालशिक्षा प्रावि मान्द्रेचौर (क) र (ख) मतदान केन्द्रमा मतदान हुदै छ । उक्त केन्द्रमा मतदाताकोे संख्या २५ सय ४५ रहेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । यस्तै ऐरावती दुईमा जनकल्याण आधारभुत विद्यालय रानिवास, रत्नेश्वरी प्रावि उखारी र मोति मावि पुरनठाटि (क) र (ख) मा मतदान हुदै छ । त्यहाँ २७ सय ८० मतदाताको सख्या रहेको उनले बताए ।

मतदान विहान सात वजे देखि साझ पाँच वजेसम्म हुने भारतिले बताए । जेष्ठ नागरीक, अपाङगता र असक्तका लागि लाईनमा बस्नु नपर्ने गरी व्यवस्था मिलाईएको छ । प्युठान नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि उक्त वडामा उपनिवार्चन हुन लागेको हो ।