बाँकेको कोहलपुरसँगै ५२ पदकालागि मतदान हुँदै

स्थानिय तहको निर्वाचन अन्तर्गत बाँकेमा मदतान भईरहेको छ । कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्ष पदकालागि मतदाताहरुले आज मतदान गर्दैछन । बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्ले छ ।

कुल २४ सय मतदाता रहेको कोहलपुर ६ मा पाँच दलका उम्मेदवारले प्रतिस्पर्धा गरिहेका छन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र सत्तारुढ दल नेकपाबिच तिब्र प्रतिस्प्रधा देखिएपनि राप्रपा, नेमकीपा र समाजवादीका उम्मेदवारहरु समेत सम्मानजनक मत प्राप्तीको दौडमा देखिएका छ ।

संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट ५२ जनप्रतिनिधि निर्वाचित गर्न मतदान प्रक्रिया सुरु भएको छ । शनिबारका लागि तय भएको उपनिर्वाचनमा ३७ जिल्लाका दुई सय ४७ मतदानस्थलमा मतदानका लागि पाँच सय ३७ केन्द्र राखिएका छन् ।

यसअघि ०७४ मा भएका स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विजयी ५२ जनप्रतिनिधिको मृत्यु, राजीनामा, कारबाही वा अन्य कारणले पद रिक्त भएकाले पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचन हुने क्षेत्रमा चार लाख ५४ हजार एक सय १४ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।