दैलेखको मुग्रामा गाडी पल्टीयो, ३ को मृत्यु

शुक्रबार सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस दुर्घटना हुँदा तिन जनाले ज्यान गुमाएका छन । गुराँस गाउँपालिका-४, मुग्राँमा भएको दुर्घटनामा बर्दियाको मधुवन नगरपालिका-६, सानोश्रीका २९ वर्षीय नामबहादुर बडुवाल, उनकी श्रीमती २७ वर्षीया कमला बडुवाल तथा सुर्खेतकोे वीरेन्द्रनगर नगरपालिका-३, तातोपानीका ५३ थीरबहादुर सुनार रहेका छन ।

सडकबाट १५० मिटर तल खसेको गाडीमा रहेकामध्ये १५ जना घाइते भएको र उनीहरुको सुर्खेतकोे देउती नर्सिङ र प्रदेश अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

सडकमा रहेको खाडललाई पन्छ्याउन खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।