स्मृती कपको उपाधीसँगै नेपाल टाइगरलाई १ लाख पुरस्कार

कोहलपुरमा भएको स्व. लोक बहादुर थापा मगर स्मृति रनिङ शिल्ड क्रिकेट प्रतियोगिताको उपाधि नेपाल टाइगर स्पोर्ट्स क्लब नेपालगन्जले हात पारेको छ ।

प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा बिहिवार भएको फाइनल खेलमा टाइगरले होलिल्याड माबि नेपालगन्ज लाई ६ बिकेटले पराजित गर्दै उपाधीमाथी कब्जा जमाएको हो ।

खेलमा टस जितेर पहिला व्याटिङ्ग गरेको होलिल्याडले २० ओभरमा ९ गुमाउँदै ९१ रन बनाएको थियो । होलिल्याडका लागि प्रनित थापाले सर्वाधिक २९ रन जोडेका थिए भने सहिद अन्सारीले २८ रन बनाए । टाइगरका बलर अमर सिंह रौटेलाले ४ ओभरमा १२ रन दिएर ४ विकेट लिए भने निजामुदिन हलवाइले २ विकेट लिए ।

जबाफी व्याटिङ्गमा उत्रिएको टाइगरले १८ ओभरमा ४ बिकेट गुमाउँदै लक्ष्य भेटायो । टाइगरका लागि अमर सिंह रौटेलाले १९ र सिद्धान्तराज शाहीले १६ रन बनाएका थिए । होलिल्याडका बलर साहिद अन्सारीले १ विकेट लिए ।

प्रतियोगितामा द्धितिय स्थान प्राप्त गरेपछि सामुहिक तस्बिर खिचाउँदै होलिल्याडका खेलाडीहरु ।

प्रतियोगिताको विजेता टोली टाइगरले नगद १ लाख १ सय, उपविजेता होलिल्याडले ५१ हजार प्राप्त गरेका छ्न । प्रतियोगितामा म्यान अफ द सिरिज नेपाल टाइगरका अमर सिंह रौटेलाले ११ हजार, उत्कृष्ट ब्याटसम्यान होलिल्याडका अनुपम सिंह र बेस्ट वलर नेपालगन्ज क्याम्पसका प्रतिक गिरि घोषित हुदै समान ५ हजार १ सय प्राप्त गरेका छन् । बिजेता तथा उपबिजेता टिमलाई प्रतियोगिता समापन समारोहका प्रमुख अतिथिको प्रदेश साँसद सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, नेपालगन्ज उपमहानगर १२ का वडा सदस्य तरुण बज्राचार्य लगायतले पुरस्कर बितरण गरेका थिए ।

बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष एवं प्रदेश नम्बर ५ र ६ का अध्यक्ष दुर्गा थापाले आफ्ना स्व। बुबाको स्मृतिमा आयोजना गरीएको प्रतियोगितामा जिल्लाका ६ टिमले भाग लिएका थिए ।