जनप्रिय माविमा नि:शुल्क स्वास्थ्य शिविर गरीने

बर्दिया बाँसगढी नगरपालिका वडा नं. ६ दमौलीमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गरीने भएको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियन जिल्ला समिति बर्दियाले दमौलीको जनप्रिय मा.वि. मा स्वास्थ्य शिविर संचालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक सर्भिस शर्माले जानकारी दिए ।

भोली शुक्रबार (मंसिर १३ गते) हाडजोर्नी, नशा, दाँत, आँखा, छाला तथा यौन रोग सम्बन्धि विशेषज्ञ सेवा सहितको स्वास्थ्य शिविर संचालन गर्न लागिएको आयोजक निजामती कर्मचारी युनियनले जनाएको छ । बिहान ८ बजेदेखी बेलुका ४ बजेसम्म संचालन गरीने शिविरको प्रत्यक्ष लाभ उठाउन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।