विद्यार्थी बोकेको ट्याक्टर पल्टीयो, ३३ बढि घाइते

कृषि जेटिए अध्ययन गर्ने विद्यार्थी बोकेको ट्याक्टर सुर्खेतमा दुर्घटनाग्रस्त भएको छ । जनज्योति माध्यामिक विद्यालय बड्डीचौरमा कृषि जेटिए अध्ययन गर्दै आएका विद्यार्थी बोकेको ट्याक्टर दुर्घटनामा परेको हो ।

कर्णाली राजमार्ग अन्तर्गत बराहताल-५ हल्दुवामा भएको दुर्घटनामा परी ३३ जना विद्यार्थी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घाइते मध्ये एकको अवस्था गम्भीर छ ।

घाइते विद्यार्थीलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गालागाउँमा ल्याइएको छ । विद्यार्थीहरु ट्रयाक्टरमा बसेर मौरी पालनको अध्ययन गर्न जाँदै थिए ।