कम्युनिस्ट पार्टीको कुशल कार्यशैलीबारे…

वर्गीय समाजमा शोषक र शोषित गरी दुईवटा प्रमुख परस्पर विरोधी वर्गहरु हुन्छन् भने अन्य सहायक वर्गहरु ती प्रमुख वर्गको वरिपरि गोलबन्द भएका हुन्छन् । राजनीतिक पार्टीले निश्चित वर्गका हितको प्रतिनिधित्व गर्दछ र त्यही वर्गको अधिनायकत्वको व्यवस्था स्थापनाको लक्ष राखेको हुन्छ । श्रमजीवी वर्गले कम्युनिष्ट पार्टी बनाउँछ भने पुँजीपति वर्गले आफ्नो हित गर्ने पुँजीवादी पार्टी बनाउँछ । सैद्धान्तिक, दार्शनिक हिसाबले पनि एउटा देशमा एउटा मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टी हुनु स्वभाविक हो । श्रमजीवी वर्गको विभिन्न स्तर, पेशा-व्यवसायमा रहेका जनताको आधारभूत हित कम्युनिष्ट पार्टीसँग नै मिल्छ । यसैले तिनीहरु एउटै कम्युनिष्ट पार्टीको वरिपरि गोलबन्द हुनु पर्ने हो । यसैगरी विभिन्न क्षेत्र, पेशा र व्यवसायका पुँजीपति हरुको हित पनि आपसमा मिल्ने हुँदा उनीहरुको पनि एउटै प्रतिनिधि राजनीतिक पार्टी हुनु पर्ने हो तर ब्यवहारमा यस्तो देखिन्न । एउटै देशमा एकभन्दा बढी पार्टीले आफुलाई कम्युनिष्ट पार्टी भएको दाबी गरेका छन् भने पुँजीपति वर्गका पनि विभिन्न पार्टीहरु बनेका र चलेका छन् । यस्तो किन हुन्छ त भन्ने प्रश्न धेरै गम्भीर र महत्वपूर्ण छ । एउटै देशमा एकभन्दा धेरै कम्युनिष्ट पार्टी बन्नु र धेरै पुँजीवादी पार्टी बन्नुका आधार र कारण भने फरक फरक रहने गरेका छन् । एउटा देशमा एकभन्दा बढी कम्युनिष्ट पार्टी बन्नुमा मूलतः तात्कालिक कार्यनीतिका बारेमा हुने गरेको मतभेद जिम्मेवार रहने गरेको छ । सही वा गलत जे सुकै भए पनि कम्युनिष्ट पार्टीको विभाजन मूलतः विचार वा सिद्धान्तको आधारमा वा वस्तुगत यथार्थलाई बुझ्ने र तदअनुसार निश्कर्ष निकाल्ने मामिलामा हुने गरेको भिन्नताका कारणले हुने गरेको देखिन्छ । श्रमिक-सर्वहारा पक्षीय विचार, कार्यशैली र आचरणमा हुने पतनले पनि कम्युनिष्ट पार्टीमा विभाजन ल्याउने गरेको छ । कार्यशैली र आचरणको कुरा पनि मूलतः वैचारिक विषय भएको हुँदा विचारको सुदृढीकरण वा स्खलन दुबै कम्युनिष्ट शक्ति विभाजनका कारण बन्ने गरेका छन् । विचार, व्यबहार र कार्यशैलीको सुदृढीकरण गर्ने सिलसिलामा पार्टीले दक्षिण वा उग्र अवसरवादको बाटो समात्ने अवस्था सृजना भइ सुधार गर्ने संभावना नरहेको सन्दर्भमा क्रान्तिकारी र अवसरवादी बीच एकता असम्भव हुँदा पनि कम्युनिस्ट शक्ति विभाजन हुने गरेका छन् । ती शक्ति मध्य धेरै दक्षिणपन्थी संसोधनवादको प्रभावमा परेका छन् । त्यसैले कम्युनिस्ट पार्टीले निरन्तर कुशल कार्यशैली अपनाउने कुरामा मुख्य ध्यान दिनुपर्छ ।

विभिन्न पुँजीवादी घराना र वित्तीय पुँजीका केन्द्रहरुमा नाफाको कब्जाका लागि हुने प्रतिस्पर्धाको छाप पुँजीवादी पार्टीमा पर्दछ । विभिन्न कम्पनीहरुका बीचमा आपसमा गलाकाट प्रतिस्पर्धा हुन्छ । आफ्नो वित्तीय स्वार्थको रक्षाका लागि निजी कम्पनी र तिनका गुटहरुले राजनीतिक छहारी खोज्दछन् । बजारमा हुने नाफाको प्रतिस्पर्धा राजनीतिक तहमा व्यक्त हुन्छ । विभिन्न वित्तीय स्वार्थ केन्द्रहरुको आपसी टकराव विभिन्न पुँजीवादी राजनीतिक पार्टीहरुका माध्यमबाट व्यक्त हुन्छ । यसैले एउटै देशमा प्रतिक्रियावादी तथा पुँजीपति वर्गका पनि एकभन्दा बढी राजनीतिक पार्टीहरु हुन्छन् । यही विभिन्न वित्तीय स्वार्थ केन्द्रको असर कम्युनिस्ट शक्तिहरुमा पनि पर्दछ र तिनीहरु विस्तारै संसोधनवादको शिकार हुँदै पुँजीवादी, दलाल तथा नोकरशाही पुँजीवादी शक्तिमा समेत पतन हुन सक्छन् । त्यसपछि पनि उनीहरुले आफूलाई कम्युनिस्ट नै भएको दाबी गरिरहेका हुन्छन् । मुख्यतः विचार-सिद्धान्तलाई तिलान्जली दिनु, निहित स्वार्थका कारणले विभिन्न गुटहरुको जन्म हुनु र त्यही कारणले नेतृत्व तहका विभिन्न व्यक्तिहरुमा आपसी टकराव हुने परिस्थिति भने कम्युनिष्ट र गैर कम्युनिष्ट दुबै पार्टीहरुमा देखा पर्ने गरेको छ । कतिपय अवस्थामा विचार, सिद्धान्त समान हुँदाहुँदै पनि नेतृत्व बीच व्यक्तिगत स्वार्थको टकराव बढ्दैजाँदा बन्ने गुटहरुको समूह एउटै पार्टीमा अटाउन नसक्ने स्थिति तयार हुन्छ । फलतः पार्टीहरु विभाजित हुन्छन् । यसरी हुने विभाजनले पनि एउटा देशमा उही वर्गका एकभन्दा बढी राजनीतिक पार्टीहरु हुने गरेका छन् । त्यस्तो बेला तिनीहरुको बीचमा भएको व्यक्तिगत मनमुटाव हटाएर एकता हुनु जरुरी हुन्छ । त्यसैले कुनै पनि देशको आर्थिक, राजनीतिक, सांस्कृतिक परिस्थिति, नेतृत्व वर्गको चिन्तन र कार्यशैली अनुसार पार्टीहरुको निर्माण, विकास र सञ्चालन हुने गर्दछ ।

यथास्थितिवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्दैन र त्यसबेला बन्नु पर्ने कार्यनीति अवलम्बन हुन नसक्दा झन्झन् प्रतिगामी शक्तिले टाउको उठाउने अवसर पाउँछ यद्यपि प्राप्त भैसकेका उपलब्धि माथि निर्णायक रूपमा प्रतिगामी खतरा हुन्छ भने अग्रगामी कार्यनीतिलाई थाती राखेरै प्रतिगमन विरुद्धको संघर्ष नै कार्यनीति बनाउनु पर्ने हुन्छ ।

कुनै पनि राजनीतिक पार्टीको निर्माण र आन्दोलनको कार्यदिशा विद्यमान समाजको अर्थराजनीतिक विश्लेषण गरेपछि शुरु हुन्छ । नेपालमा २०६२/२०६३को महान जन आन्दोलन पश्चात् लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले सानातिना थुप्रै परिवर्तन लाएको छ । मुख्य रूपमा राजतन्त्रको अन्त्य भएको छ । संविधानसभाबाट संविधान बनेको छ । तर मुलुकमा सामन्ती, दलाल नोकरशाही व्यवस्था हटेको छैन । अन्याय, अत्याचार, शोषण दमन तथा उत्पीडन जस्ताको त्यस्तै छ । जनताको जीवनशैली झन्झन् कष्टकर बनिरहेको छ । समग्रमा यो संविधान र गणतन्त्रले समेत जनताका आधारभुत समस्या समाधान गर्न सक्दैन । यस प्रकारको बस्तुगत अवस्थामा कम्युनिस्ट शक्तिले कुन कार्यनीति तय गर्ने रु कस्तो कार्यशैली अपनाउने ? प्राप्त उपलब्धिको रक्षा गर्दै अग्रगामी परिवर्तन वा क्रान्तिको आधार तयार पार्ने कि यहीँ लोकतान्त्रिक गणतन्त्रबाट मुलुकले समृद्धि हासिल गर्छ, जनताका समस्या समाधान गर्ने समाजवादउन्मुख कार्यक्रमहरु लागु हुन्छन् भनेर जनतालाई दिग्भ्रमित बनाउने रु मुख्य सवाल यही निर हो । त्यसकारण अहिले गणतन्त्रको स्थापना र नेपालको संविधान (२०७२) जारी भैसकेको, तीनवटै तहमा सरकार स्थापना भैसकेको परिस्थितिमा यसका उपलब्धि संस्थागत गर्दै अझै अग्रगामी क्रान्तिको आधार तयार पार्न कम्युनिष्ट पार्टीको तत्कालीन कार्यनीतिलाई आवश्यक परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको छ । २०६३ को आन्दोलनले एक स्तरमा परिवर्तन भएपनि देशमा राष्ट्रिय पुँजीको निर्माण अत्यन्त कमजोर रहेको छ तथा देशको समग्र अर्थतन्त्रलाई दलाल पुँजीवादले कब्जा गरेको छ । सामन्तवादी संस्था राजतन्त्रको अन्त्य भएपनि सामन्ती व्यवस्था र त्यसको आधारमा सामन्तवादी संस्कृति कायमै रहेकोले नेपाली जनताको देशीय अन्तर्विरोध प्रमुख रूपमा दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादसँग रहेको, बाहिरी अन्तर्विरोध विश्वको उत्पिडक अमेरिकी साम्राज्यवाद र त्यसको क्षेत्रीय प्रतिनिधि भारतीय साम्राज्यवादको विस्तारवादी नितिसँग रहेको, अनावश्यक रूपमा देशमा संघीयता लागू भएको, संघीयताको आडमा देशी-विदेशी प्रतिक्रियावादीहरु देश टुक्राउन विभिन्न आवरणमा सक्रिय रहेको, नेपालको राष्ट्रियता, सार्वभौम सत्ता र क्षेत्रीय अखण्डता भत्काउने दुश्प्रयास जारी रहेको, गणतन्त्रको स्थापना र कार्यान्वयन पश्चात् पनि जनताका आधारभुत समस्या समाधानको निम्ति बहालवाला सरकारबाट अपेक्षित नीति तथा कार्यक्रम लागु हुन नसकेको, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता अक्षुण्ण राख्नका लागि हिमाल-पहाड-तराईका सबै जनता आमरुपमा एकजुट हुँदै गरेको वर्तमान सन्दर्भमा कम्युनिस्ट आन्दोलनको कस्तो कार्यनिति र संघर्षका कार्यक्रम आवश्यक हुन्छ र त्यसको निर्माणका प्रमुख विशेषताहरु के हुन् वा हुनु पर्दछ भन्ने विषय आजको तत्कालीन केन्द्रीय पक्ष हो ।

यस प्रकारको परिवर्तित सन्दर्भमा वर्गविभाजित समाजको अर्थराजनीतिक परिस्थितिको ठोस विश्लेषण गरी त्यसको जगमा वर्ग विश्लेषण र आमूल परिवर्तनका लागि आवश्यक तात्कालिक र दीर्घकालिक योजना वा पार्टी कार्यक्रम तय गर्नु र निर्धारित लक्ष भेटाउन सक्ने सांगठनिक ढाँचा तथा कार्यपद्धति तथा कार्यशैली निर्माण आजको ठोस आवश्यकता हो । अहिले मुख्य रूपमा प्रतिगमनको खतरा छ भन्ने गरिएको छ, प्रतिगमनको खतरा जहिल्यै पनि रहन्छ र प्रतिगामी शक्तिहरुसँग अहिले मात्रै होइन सधैं सचेत रहनुपर्छ । यसको अर्थ यो होइन कि अहिलेको दलाल व्यवस्थाको पुरै समर्थन गर्नुपर्छ वा यो भन्दा एक कदम अग्रगामी कार्यनीति अपनाउन हुन्न । त्यसकारण प्रतिगामी खतराको हौवा खडा गरेर अग्रगामी बस्तुगत स्थिति र अग्रगामी कार्यनीतिको उपेक्षा गर्नु एक प्रकारको यथास्थितिवाद हो । यथास्थितिवादले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्दैन र त्यसबेला बन्नु पर्ने कार्यनीति अवलम्बन हुन नसक्दा झन्झन् प्रतिगामी शक्तिले टाउको उठाउने अवसर पाउँछ यद्यपि प्राप्त भैसकेका उपलब्धि माथि निर्णायक रूपमा प्रतिगामी खतरा हुन्छ भने अग्रगामी कार्यनीतिलाई थाती राखेरै प्रतिगमन विरुद्धको संघर्ष नै कार्यनीति बनाउनु पर्ने हुन्छ । त्यसैले पार्टी निर्माण भनेको तलदेखि माथिसम्मको सांगठनिक ढाँचा तय गर्नु मात्रै होइन । पार्टीको निर्माण भन्नाले केन्द्रदेखि त्यसको वरिपरि रहेका स्थानीय तहका कमिटीहरुको संगठन गर्नु नै हो भन्ने धारणा आम बनेको पाइन्छ । पार्टी निर्माण भनेको एकपटकको परिस्थितिको विश्लेषण गरी त्यस आधारमा तय गरिएको तत्कालीन कार्यक्रमिक लक्षको लागि मात्रै संगठनलाई स्थिर वा यथास्थितिवादी तरिकाले परिचालित गर्नु पनि होइन । पार्टी निर्माण भनेको आफ्नो मार्गदर्शक सिद्धान्तलाई केन्द्रमा राखेर पार्टीका लागि सिद्धान्त-विचार र पार्टीको समग्र कार्यक्रम तय गर्नु, तिनमा निरन्तर परीक्षण गर्नु र प्राप्त नयाँ निश्कर्षका आधारमा सिद्धान्त तथा विचारको अनुरुप पार्टी कार्यक्रममा परिमार्जन गर्नु, विचारलाई बोक्नसक्ने सांगठनिक ढाँचा, त्यसको कार्यविधि, कार्यप्रणाली र नेता तथा कार्यकर्ताहरुको कार्यशैली तय गर्नु पनि हो । यी सबै कुराहरुमा निरन्तर विकास गर्नु पनि पार्टी निर्माणको अभिन्न कार्य हो । पार्टीले आफ्नो वैचारिक, सैद्धान्तिक पक्षका साथै समसामयिक अवस्थाको विश्लेषण गरेर मात्रै पुग्दैन, त्यो अनुसार पार्टीले कुन प्रकारको आन्दोलनको विकास गर्ने अथवा आफ्नो भुमिका के हुने भन्ने सवालमा एक कदम अग्रगामी कार्यनीति अपनाउनु जरुरी हुन्छ । पार्टीमा निरन्तर नयाँ नयाँ कार्यकर्ताहरुको पंक्ति भर्ति भैरहनु पर्दछ । पार्टी निर्माण भनेको एक पटक बनेको पार्टीलाई सदाबहार रुपमा जीवन्त राख्नु हो । पार्टी जीवन्त हुन सकेन भने मर्छ । संसारको राजनीतिक इतिहासमा त्यस्ता थुप्रै पार्टीहरु देखा परे जसले एक समयमा युगान्तकारी काम गरे पनि पछिल्लो चरणमा आफूलाई जीवन्त राख्न सकेनन् र समाप्त भए । यसैले पार्टी निर्माण भनेको पार्टीलाई हरेक नयाँ परिस्थितिसँग जुध्न सक्ने र आफ्नो मार्ग प्रशस्त गर्न सक्ने संगठित राजनीतिक शक्तिको रुपमा विकसित गर्नु पनि हो ।

सामान्यतया पार्टी केन्द्र भनेको केन्द्रीय समितिलाई बुझाउँछ । कम्युनिस्ट आन्दोलनमा केन्द्रको अर्थ टुप्पो अथवा ठुलो होइन, केन्द्रको अर्थ आफ्ना सम्पुर्ण स्थानीय समिती र सिंगो संगठनलाई समान रूपमा अधिकारको प्रत्याभूति गराउने र पार्टी प्रतिको कर्तव्य पालना गराउने उच्च अड्डा अथवा महत्वपूर्ण विन्दु हो । बुर्जुवा, प्रतिक्रियावादी तथा पुँजीवादी पार्टीहरुमा पार्टी केन्द्र पिरामिड आकारको माथिल्लो टुप्पोलाई भनिन्छ जहाँ तहगत रुपमा एकखाले नोकरशाहीतन्त्र बनेको हुन्छ । माथिल्लोले तल्लोलाई आदेश दिने र तल्लो तहले चुपचाप पालन गर्ने कार्य प्रणाली कायम गरिएको हुन्छ । यसको विपरित क्रान्तिकारी कम्युनिष्ट पार्टीमा पार्टी केन्द्रले नाभीको काम गर्नु पर्दछ । जसरी पृथ्वीको केन्द्रभागको गुरुत्वाकर्षणले सबै कुराहरुलाई आफूतिर आकर्षित गर्दछ, त्यसैगरी आफ्ना सिद्धान्त, विचार, कार्यक्रम, कार्यशैली र नेता तथा कार्यकर्ताहरुको सार्वजनिक आचरणजस्ता कुराहरुले आम श्रमजीवी जनतालाई पार्टीप्रति आकर्षित गर्न सक्नुपर्दछ । कम्युनिस्ट पार्टीले पार्टी केन्द्र र केन्द्रिय अधिकारीले आदेश दिएको भरमा काम गर्ने नोकरशाही संगठन बनाउने होइन कि पार्टीका सम्पुर्ण तह, जनवर्गीय संगठन र कार्यकर्तालाई लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार परिचालन गर्ने कार्य कुशलता हासिल गर्नुपर्छ । व्यक्तिवादी र प्राधिकारवादी कार्यशैलीबाट टाढा रहनुपर्छ । लेनिनवादी संगठनात्मक पद्धति अनुरुप संगठन निरन्तर संचालन हुनुपर्दछ जसले आफ्नो ज्ञान, कार्य-कौशल र कार्यशैलीबाट सबै कार्यकर्तापंक्ति र आम जनतालाई आफूतिर आकर्षित गर्न सकोस् ।

विद्यमान समाज ब्यवस्थालाई परिवर्तन गरी नौलो जनवादि व्यवस्था, समाजवाद निर्माण गर्दै साम्यवादी बाटोमा अगाडि बढ्नु कम्युनिष्ट पार्टीको आम रणनीति हो । त्यसको तयारीको लागि तत्काल के गर्ने भन्ने विषय अर्थात् तात्कालिक कार्यनीति धेरै महत्वपूर्ण हुन्छ । तात्कालिक कार्यनीति स्पष्ट र सही भएन भने दीर्घकालिन रणनीति पनि अमूर्त र अस्पष्ट हुनजान्छ, लक्ष्यका बारेमा अनेक भ्रमहरु सिर्जना हुन थाल्छन् । कम्युनिष्ट पार्टी समाज परिवर्तनको वर्गीय आन्दोलनका क्रममा जन्मिन्छ र निरन्तर विकसित हुँदै जान्छ ।

माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधाराको विधिका आधारमा समाजको अर्थराजनीतिक विश्लेषण, क्रान्तिको नेतृत्वदायी वर्ग, सहायक वर्ग तथा क्रान्तिको शत्रू वा बाधक वर्ग वा शक्तिको ठोस पहिचान र त्यसका आधारमा आम श्रमजीवी वर्गको हित हुनेगरी नेपाली क्रान्तिको कार्यनीति र रणनीति तय गरि त्यस अनुसारको आम र विशिष्ट कार्यक्रम निर्माण पार्टी निर्माणको वैचारिक पक्ष हो । विद्यमान समाज ब्यवस्थालाई परिवर्तन गरी नौलो जनवादि व्यवस्था, समाजवाद निर्माण गर्दै साम्यवादी बाटोमा अगाडि बढ्नु कम्युनिष्ट पार्टीको आम रणनीति हो । त्यसको तयारीको लागि तत्काल के गर्ने भन्ने विषय अर्थात् तात्कालिक कार्यनीति धेरै महत्वपूर्ण हुन्छ । तात्कालिक कार्यनीति स्पष्ट र सही भएन भने दीर्घकालिन रणनीति पनि अमूर्त र अस्पष्ट हुनजान्छ, लक्ष्यका बारेमा अनेक भ्रमहरु सिर्जना हुन थाल्छन् । कम्युनिष्ट पार्टी समाज परिवर्तनको वर्गीय आन्दोलनका क्रममा जन्मिन्छ र निरन्तर विकसित हुँदै जान्छ । सर्वहारा-श्रमजीवी वर्गले आफ्नो जन्मकाल देखि नै पूँजीपति वर्गका विरुद्ध विभिन्न देशमा विभिन्न तरिकाले संघर्ष गरेको छ । सन् १९१७ मा लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टुवर समाजवादी क्रान्ति, त्यसको विश्वब्यापी प्रभाव र कम्युनिष्ट क्रान्तिको लहर, सोवियत संघ र पूर्वी युरोपमा करिब ७० वर्षको समाजवादी अभ्यासपछि भएको प्रतिगमन र त्यसपछि पुनः नयाँ समीक्षाका साथ उठ्दै गरेको कम्युनिस्ट अभियानको क्रममा श्रमजीवी वर्गले धेरै अनुभव प्राप्त गरेको छ । सोवियत संघ र पूर्वी युरोपका देशहरुमा राज्यद्वारा अति नियन्त्रित उत्पादन र वितरण प्रणालीको आधारमा जनमुखी अर्थतन्त्र निर्माणको अभ्यास गरियो । यसैगरी हाम्रो छिमेकी मित्र राष्ट्र चीनले कम्युनिष्ट पार्टीको एकल नेतृत्वमा पुँजीवादी खुला बजार अर्थतन्त्र लागू गरिरहेको छ । यसको प्रयोगबाट चीन संसारको प्रमुख आर्थिक शक्ति बनेको छ । खुला बजार अर्थतन्त्र र कम्युनिष्ट शक्तिको एकल नेतृत्वमा राज्य ब्यवस्थाको सञ्चालनका बीचमा के-कस्ता अन्तर्विरोध सिर्जना भैरहेका छन् र तिनलाई चीनिया कम्युनिष्ट पार्टीले कसरी समाधान गर्दै गैरहेको छ भन्ने विषय पनि आजको समयमा कम्युनिष्ट पार्टी निर्माणको धेरै ठूलो विचारधारात्मक बहस र समीक्षाको ब्यबहारिक पक्ष बनेको छ । किनभने आजको चीनिया समाजमा रहेका वर्गीय अन्तर्विरोधहरुको समाधान वर्तमान प्रयोगबाट हुन्छ या हुँदैन भन्ने विषयको पक्ष र विपक्षमा संसारभरीका कम्युनिष्ट पार्टीहरुमा बहस छ । यस बहसमा विश्वका दक्षिणपन्थी संसोधनवादीहरुले चिनियाँ कम्युनिस्ट पार्टीको नितिको प्रशंसा गरिरहेका छन् । चीनिया कम्युनिस्ट पार्टी क। माओको निधन पछी दक्षिणपन्थी संसोधनको भुमरीमा परेको पुजीवादी प्रकारको पार्टीमा रुपान्तरण भैरहेको छ । छिमेकी मित्र राष्ट्र भारतको कम्युनिष्ट पार्टी एशियाकै जेठो मध्येमा पर्दछ तर पनि त्यहाँ किन कम्युनिष्ट पार्टीले अपेक्षित सफलता प्राप्त गर्न सकेन भन्ने प्रश्नले गंभीर विचारधारात्मक बहसको माग गर्दछ । त्यहाँ बहुदलीय संसदीय प्रतिस्पर्धाको अभ्यासद्वारा राज्य सत्तामा जाने संसोधनवादी कार्यनीति लिएका कम्युनिष्ट पार्टीहरुदेखि गुरिल्ला युद्दद्वारा सत्ता कब्जा गर्ने सम्मका कार्यनीति लिएका कम्युनिष्ट पार्टीहरुको सक्रियता देखिन्छ । कम्युनिस्ट शक्ति र समाजवाद निर्माणमा ल्याटिन अमेरिकी देशहरुमा पनि आफ्नै खाले प्रयोगहरु भैरहेका छन् । ती देशहरुले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका पुँजीवादी-साम्राज्यवादी वित्तीय संस्थाहरुको नीति-निर्देशनबाट आफ्नो अर्थतन्त्रहरुलाई मुक्त राख्दै अगाडि बढ्ने प्रयास गरिरहेका छन् । नेपालमा एकातिर कम्युनिष्ट आन्दोलनका सबैखाले कार्यनीतिहरुको प्रयोगको नाउँमा उग्रवामपन्थी तथा दक्षिणपन्थी अवसरवादी क्रियाकलापले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन थिलो थिलो भएको छ भने अर्कोतिर हाम्रो देश नेपालमा सबै खाले अवसरवादको विरुद्ध सम्झौताहिन संघर्षको बिडा उठाउदै आफ्नो स्वर्णिम इतिहास कायम राख्न सफल रहेको क्रान्तिकारी शक्ति पनि छ । संगठनको हिसाबले त्यो शक्ति कमजोर भएपनि अहिलेको मुख्य चिन्ता र चासोको विषय कतै यो शक्ति पनि विस्तारै विस्तारै दक्षिणपन्थी संसोधनवादीको प्रभावमा रहेर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको विसर्जन त हुँदैन ? भन्ने प्रश्न स्पष्ट रूपमा देखा परेको छ । त्यसकारण आज त्यस प्रकारको दक्षिणपन्थी भड्कावबाट क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई बचाउन संघर्ष गर्नु क्रान्तिकारीहरुको मुख्य दायित्व बनेको छ ।

कार्ल माक्र्सले सन् १८४७ मा ज्यालादारी श्रम र पुँजी लेखे । कार्ल माक्र्स र फ्रेडरिक एंगेलल्सद्वारा कम्युनिष्ट पार्टीको घोषणापत्र सन् १८४८ मा लेखियो । कार्ल माक्र्सले पुँजीवादी उत्पादन सम्बन्धमा रहेका अन्तर्विरोधहरुको गहन विश्लेषण गर्दै वैज्ञानिक समाजवादको अपरिहार्यता बारे लेखिएको विशाल ग्रन्थ पुँजी सन् १८६७ मा प्रकाशित भयो । पुँजीको पहिलो प्रकाशन यता आज सन् २०१७ सम्ममा करिब १५० वर्षहरु बिति सकेका छन् । पहिलो समाजवादी क्रान्ति सम्पन्न भएका पनि ठीक १०० वर्ष पुरा भएका छन् । यी प्रसंगहरु कोट्याउँदै कतिपयले भन्ने गरेका छन् ‘माक्र्सवाद, लेनिनवाद पुरानो भयो । यसले पनि कहीँ आजको दुनियाँको विश्लेषण गर्न सक्छ ? माक्र्सवाद अब काम लाग्दैन ।’ पहिलो कुरा त माक्र्सवाद सत्य पत्ता लगाउने एउटा विधि हो । यसका सैद्धान्तिक, दार्शनिक उपकरणहरुको सहाराले सामाजिक विषयवस्तुहरुको विश्लेषण गरी सापेक्षिक सत्य पत्ता लगाउने हो । माक्र्सवाद सामाजिक विज्ञान पनि हो । प्राकृतिक विज्ञानको क्षेत्रमा हुने विकासले माक्र्सवादी औजारहरुलाई अझै धारिला बनाउन मद्दत गर्ने छन् । जबसम्म संसारमा वर्ग रहन्छ, शोषक र शोषित रहने छन्, श्रम गरेर पनि खान नपाउने वा श्रमको उचित मूल्य नपाउने र काम नगरी खानेहरुका बीचमा समाज विभाजित रहनेछ, जबसम्म धनी देशहरुले गरीब देशहरुमाथि विभिन्न थिचोमिचो गरिरहने छन्, जबसम्म मात्र निजी फाइदाका लागि यस सुन्दर प्रकृतिको निर्मम दोहन हुने छ, तबसम्म माक्र्सवादको अपरिहार्यता कायमै रहने छ । जबसम्म धनी मानिसले गरीब मानिसलाई र धनी देशले गरीब देशलाई शोषण गर्ने प्रणाली कायम रहनेछ, तबसम्म निरन्तर विकास हुने माक्र्सवादले समाज परिवर्तनको बाटो देखाइरहने छ । जब समाजबाट धनीले गरीबलाई गर्ने शोषण समाप्त हुनेछ, वर्गभेद मेटिने छ, तब पनि माक्र्सवादले मानव समाजलाई दिशा निर्देश गरिरहने छ किनभने साम्यवादी समाज माक्र्सवादी सिद्धान्तअनुसार नै निर्माण हुने छ ।

पार्टी निर्माण गरिरहँदा कस्ताकस्ता खालका सांस्कृतिक परिवेशबाट आएका मानिसहरुलाई समेटिएको छ र तिनीहरुलाई रुपान्तरित गर्ने कस्ताकस्ता उपायहरु अपनाइएको छ भन्ने विषयमा गंभीर ध्यान जानु पर्दछ । पार्टी निर्माण भनेको संगठनरुपी कारखानामा सबै खालका मानिसहरुलाई कच्चा पदार्थको रुपमा ल्याएर त्यसलाई प्रसोधन गरी परिष्कृत कार्यकर्ता पंक्ति उत्पादन गर्ने हो । कार्यकर्ता पंक्तिलाई निरन्तर परिष्कृत गर्दै देशको आवश्यकता अनुसार काम गर्न सक्ने बनाउनु पर्दछ ।

आमरुपमा कम्युनिष्ट पार्टीहरुले लेनिनवादी संगठनात्मक विधि र सिद्धान्तलाई मान्दछन् । हालका दिनमा आएर ‘लेनिनवादी संगठनात्मक विधि, पद्धति पुरानो भयो’ वा ‘यो मातहतवादी भयो’ भन्ने आलोचना सुन्ने गरिएको छ । पार्टी केन्द्रले तानाशाही तरिकाले आदेश दिने र प्रादेशिक वा स्थानीय कमिटीहरुले माथिको आदेश फौजीढंगले मान्नु पर्दछ भन्ने कुरा लेनिनवादी संगठनात्मक सिद्धान्तको कुरा होइन । पार्टी सदस्यहरुले आफ्ना प्रतिनिधिहरु पठाई महाधिवेशनको आयोजना गर्ने, महाधिवेशनले पार्टीको समग्र कार्यक्रम, नीति र पार्टी संगठन सञ्चालनको लागि विधान-नियम तय गर्नुका साथै आवधिक केन्द्रीय नेतृत्व निर्माण गर्ने, अर्को महाधिवेशन नहुन्जेलसम्मको अवधिमा आइपर्ने तमाम विवादको अन्तिम निरुपण केन्द्रीय कमिटीले गर्ने, केन्द्रले गर्ने फैसलाहरु अरु कमिटीहरुले लागू गर्ने र लागू गर्न नसकिने विषयहरु भए केन्द्रलाई सुझाव पठाउने, कुनै पनि कमिटीमा सर्वसम्मतरुपमा प्रस्तावहरुबारे निर्णय हुन नसकेमा बहुमतको आधारमा टुंग्याउने र अल्पमतको विचारलाई सुरक्षित राख्ने तथा समय-समयमा बहुमतले विगतमा गरेका निर्णयहरुको परीक्षणका साथै अल्पमतका विचारहरुबारे सघन विमर्श चलाउने र नयाँ निश्कर्ष निकाल्ने विधि नै लेनिनवादी संगठनात्मक विधि हो । लेनिनवादी संगठनात्मक सिद्धान्तलाई जनवादी केन्द्रीयताको सिद्धान्त पनि भनिन्छ । जनवादी केन्द्रीयताका दुई पक्ष हुन्छन्, सार पक्ष र रुप पक्ष । यसको सार पक्ष भनेको विचारधाराको पक्ष हो भने रुप पक्ष भनेको सांगठनिक स्वरुप हो । फरकमत राख्नेहरुलाई पनि पार्टीमा सम्मानजनक ब्यवहार गर्ने, निजलाई पार्टीमा रहेको पदीय हैसियत र योग्यता बमोजिम कार्यक्षेत्र दिने, कार्यविभाजनमा कुनै पनि प्रकारको भेदभाव नगर्ने, निश्चित मापदण्डका आधारमा कार्यकर्ताको मूल्यांकन गर्ने, अध्ययन, प्रशिक्षण, समीक्षा, आलोचना आत्मालोचना लाई निरन्तर प्रोत्साहित गर्नेगरी संगठन सञ्चालन गर्नु, कार्यकर्ताको निर्माण र विकास गर्नु लेनिनवादी संगठनात्मक सिद्धान्तको पालना गर्नु हो ।

कम्युनिस्ट पार्टीको सन्दर्भमा सांस्कृतिक पक्षलाई पनि ध्यान दिनुपर्ने देखिन्छ । मानिसले नै संस्कृति र सभ्यताको विकास गरेको हो । संस्कृति भनेको मानिसको आन्तरिक चेतनाको प्रतिविम्ब हो भने सभ्यता भनेको बाह्य रहनसहन, खानपिन, आवास वा घर-बार, पहिरन, उत्पादनका साधनहरु आदिको समुच्यय स्वरुप हो । पार्टी निर्माणमा सम्बन्धित समाजको सांस्कृतिक पक्षले गहिरो प्रभाव पार्दछ । हामी यसै समाजमा बस्छौं र यही समाजको अग्रगामी परिवर्तनका लागि पार्टी निर्माण गरिरहेका हुन्छौ । पार्टी निर्माण गरिरहँदा कस्ताकस्ता खालका सांस्कृतिक परिवेशबाट आएका मानिसहरुलाई समेटिएको छ र तिनीहरुलाई रुपान्तरित गर्ने कस्ताकस्ता उपायहरु अपनाइएको छ भन्ने विषयमा गंभीर ध्यान जानु पर्दछ । पार्टी निर्माण भनेको संगठनरुपी कारखानामा सबै खालका मानिसहरुलाई कच्चा पदार्थको रुपमा ल्याएर त्यसलाई प्रसोधन गरी परिष्कृत कार्यकर्ता पंक्ति उत्पादन गर्ने हो । कार्यकर्ता पंक्तिलाई निरन्तर परिष्कृत गर्दै देशको आवश्यकता अनुसार काम गर्न सक्ने बनाउनु पर्दछ । पार्टी प्रति इमानदार कार्यकर्ता बनाउने नाउँमा व्यक्तिवादी प्रकारका र रोबर्ट शैलीका कार्यकर्ता निर्माण गर्नु हुँदैन । यस प्रकारका रोबर्ट शैलीका कार्यकर्तालाई मात्रै काखी च्याप्ने र आलोचनात्मक चेत भएका कार्यकर्तालाई कथित अराजकको बिल्ला भिराएर संगठनबाट लखेट्नु हुँदैन । यस्तो क्रियाकलापले संगठनात्मक सृजनशीलतामा ह्रास आउँछ । यस समाजमा अग्रगामी र पश्चगामी दुबै सांस्कृतिक तत्वहरु छन् । समाजलाई जुनजुन कुराहरुले अग्रगमनतर्फ लैजान्छन् तिनलाई खोजीखोजी अवलम्बन गर्नु पर्दछ भने जुनजुन कुराहरुले पश्चगमनतर्फ लैजान्छन् तिनलाई खारेज गर्ने वा हटाउने काम गर्नु पर्दछ । हामीहरुले नेपाली समाजमा नौलो जनवाद हुँदै समाजवादको निर्माणका लागि कम्युनिष्ट पार्टी निर्माणको कुरा गरिरहेका छौं । यसको लागि प्रगतिशील संस्कृतिको बिकास, प्रचारप्रसार र अवलम्बन गर्नु जरुरी छ । यसको न्युनतम धरातल भनेको हामी प्रगतिशील तप्काका नेता कार्यकर्ताहरु जनतामा आधारित हुनु, कम्युनिष्ट विचारधारा, श्रमिक वर्गीय पक्षधरता, वैज्ञानिक विश्व दृष्टिकोण, समाजवादी मानवता, सामूहिकता, समाजवादी देशभक्ति र अन्तर्राष्ट्रियतावाद आदि कुरासँग समाहित हुन सक्नुपर्छ । फलस्वरूप कम्युनिस्ट आन्दोलनले प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिको निर्माण र विकासमा नेतृत्वदायी भूमिका खेल्न सकोस् ।

पार्टी निर्माणमा मनोवैज्ञानिक पक्षको भुमिका पनि अहं रहेको हुन्छ । मानिस यन्त्र होइन, उसको मन (दिमागको भावनात्मक पक्ष) हुन्छ । पार्टीमा कार्यकर्ताहरु भिन्न-भिन्न परिवार र सामाजिक परिवेशबाट आएका हुन्छन् । तिनीहरुको छुट्टाछुट्टै मनोविज्ञान हुन्छ । हरेक व्यक्ति चाहन्छ, उसको अस्तित्वलाई सबैले मानिदिउन्, सम्मान गरुन्, उसको कुरा गंभिरतापूर्वक सुनिदिउन् ।

कम्युनिस्ट पार्टीको कुशल कार्यशैलीको लागि आर्थिक पक्ष पनि प्रमुख हो । माक्र्सवादले अर्थतन्त्र वा आर्थिक ब्यवस्थालाई समाजको आधार मान्दछ । त्यसको जगमा विभिन्न संरचनाको बिकास हुन्छ भन्ने कुरा मान्दछ । निश्चित प्रकारको आर्थिक आधारमा समाजको माथिल्लो ढाँचा अडिएको हुन्छ । यसर्थ समाजको निर्माणमा आर्थिक आधार निर्णायक हुन्छ । यही कुरा पार्टी निर्माणमा पनि लागू हुन्छ । पार्टीको आन्तरिक अर्थतन्त्र कसरी चलेको छ, पार्टीका लागि आवश्यक खर्चको जोहो कसरी गर्ने गरिएको छ, हिसाब-किताब कत्तिको ब्यवस्थित र पारदर्शी राखिन्छ भन्ने कुराले कस्तो पार्टी बन्छ भन्ने कुराको निक्र्यौल हुन्छ । पार्टी सञ्चालनका लागि आर्थिक स्रोतको आवश्यकता पर्दछ । पार्टीले त्यो स्रोत कसरी प्राप्त गर्दछ भन्ने कुराले पार्टी निर्माणमा गहिरो प्रभाव पार्दछ । यदि कम्युनिष्ट पार्टी आफ्नै आन्तरिक स्रोत परिचालनमा टिकेको छ भने उसका नीतिहरु वस्तुगत यथार्थको नजिक हुन्छन्, उसले श्रमजीवी वर्गका शत्रू र मित्रको सहज पहिचान र किटान गर्न सक्छ । यस्तो पार्टीले देश र जनताका बारेमा सही निर्णय लिन सक्छ । यस्तो पार्टी संघर्षशील भावनाले युक्त र स्वाभिमानी हुन्छ । कम्युनिष्ट पार्टीको आन्तरिक स्रोतका शीर्षकहरु भनेको पार्टीले आफ्नै उत्पादनबाट गर्ने आर्जन, कार्यकर्ताहरुले दिने लेवी र समर्थक जनपंक्तिबाट उठाइने स्वेच्छिक चन्दा नै हुन् । पार्टीले आफ्नै उत्पादनको विक्री वितरणबाट या ब्यवसाय सञ्चालनबाट आय आर्जन गर्ने अवस्था नेपालमा भेटिन्न । परिवर्तित परिस्थितिमा पार्टी कामको तीब्रता र ब्यस्तताका कारणले खर्चको भार बढ्दै जान थालेको छ । यस्तो अवस्थामा कार्यकर्ताहरुले दिने लेवी र खासखास बेलामा जनस्तरमा उठाइने चन्दाले मात्र पार्टीको खर्च धान्न सक्दैन । नेपालका कम्युनिष्ट पार्टीले आफ्नो खर्च धान्नका लागि ठूला पुँजीपति घरानाहरुसंग चन्दा लिने कुरालाई नै प्राथमिकतामा राखेको देखिन्छ । ठूलो पुँजीपतिले धेरै आर्थिक चन्दा त्यसै दिँदैन, घोषित वा अघोषितरुपमा शर्तबन्दी गरेको हुन्छ । यसो गर्दा पार्टीमा पुँजीवादी दृष्टिकोण प्रभावी बन्दै जाने खतरा रहन्छ, जुन कुरा नेपालका कम्युनिष्ट पार्टीहरुले भोगिरहेको स्पष्टरुपमा देख्न सकिन्छ । सशस्त्र संघर्ष सञ्चालन गरेको पार्टीले धनी वर्गसंग चन्दा असुली गर्नुलाई स्वाभाविक र सामान्य मान्ने गर्दछन् । जबरजस्ती वा तोकुवाको भरमा ठूलो मात्राको धनराशी लिइएता पनि त्यहाँ शर्तबन्दी हुँदैन भन्ने तर्क दिइने गरिन्छ । त्यसको सूक्ष्म ढंगले विश्लेषण गर्दा परिणाम उल्टो देखिने गरेको छ । कम्युनिष्ट पार्टीमा सामेल नभएको धनी मानिससंग ठूलो मात्राको चन्दा रकम लिने बानी परेपछि पार्टीमा फजुल खर्च बढ्ने मात्र होइन, परनिर्भरताको मात्रा पनि बढ्दै जान्छ । अनि क्रमशः आधारभूत वर्गका जनताबाट टाढिने क्रम बढ्न थाल्छ । हुँदा हुँदा चन्दा दिएकै आधारमा वर्गविरोधीको संरक्षण र श्रमजीवी वर्गका कार्यकर्ताको तिरस्कार हुन थाल्छ । आफ्नो पार्टीको सदस्यता नलिएको श्रमजीवी वर्गकै मानिस शत्रूजस्तो लाग्ने र चन्दा दिएको प्रतिक्रियावादी मित्रजस्तो लाग्ने परिघटना हाम्रै देशको माओवादी आन्दोलनमा यत्रतत्र सर्वत्र देखिएको थियो । यही प्रवृति अहिले देशका कम्युनिष्ट पार्टीहरुमा प्रभावी बन्न थालेको छ । यस्तो प्रवृतिलाई नहटाएसम्म कम्युनिष्ट पार्टी निर्माण अधोगतितिर जाने छ । कम्युनिष्ट पार्टीले आम जनताबाट सानो-सानो मात्राको भए पनि आर्थिक सहयोग निरन्तर उठाइरहनु पर्दछ । यसले पार्टीको आर्थिक स्रोत बलियो त हुन्छ नै, पार्टीलाई जनताको पंक्तिसँग निरन्तररुपमा जोडिरहन्छ । जनताको पंक्तिले पनि आफूले सहयोग गरेको पार्टीमाथि नै आशा र भरोसा राख्दछन् । पार्टी जनतामा जाने भनेको आफ्ना राजनीतिक विचार र कार्यक्रम लिएर मात्रै जाने होइन । जनतालाई सहयोग गर्ने र जनतासंग सहयोग लिने दोहोरो प्रक्रिया सञ्चालन गर्नु नै जनतामा जानु हो ।

स्रोत परिचालनमा पारदर्शिताको पक्ष महत्त्वपूर्ण हुन्छ । कम्युनिष्ट पार्टीको आयको स्रोत र खर्च दुबै पारदर्शी र हिसाब किताब ब्यवस्थित हुनु पर्दछ । पार्टीमा कहाँबाट कसरी सहयोग आइरहेको छ र कहाँ खर्च भैरहेको छ भन्ने कुरा यथार्थरुपमा सार्वजनिक गर्ने प्रणाली विकसित गरियो भने त्यसले पार्टीका धेरै समस्या स्वतः समाधान हुन्छन् । हिसाब किताब पारदर्शी गरिने भएपछि लिन नहुने ठाउँबाट सहयोग लिईंदैन र गर्न नहुने ठाउँमा खर्च गरिन्न । आर्थिक पारदर्शिताको पक्षले कार्यकर्ताहरुलाई स्वतः अनुसासित बनाउँदै लैजान्छ ।

पार्टी निर्माणमा मनोवैज्ञानिक पक्षको भुमिका पनि अहं रहेको हुन्छ । मानिस यन्त्र होइन, उसको मन (दिमागको भावनात्मक पक्ष) हुन्छ । पार्टीमा कार्यकर्ताहरु भिन्न-भिन्न परिवार र सामाजिक परिवेशबाट आएका हुन्छन् । तिनीहरुको छुट्टाछुट्टै मनोविज्ञान हुन्छ । हरेक व्यक्ति चाहन्छ, उसको अस्तित्वलाई सबैले मानिदिउन्, सम्मान गरुन्, उसको कुरा गंभिरतापूर्वक सुनिदिउन् । हरेक कार्यकर्तालाई ‘यस कमिटीमा मेरो आफ्नै मौलिक स्थान छ, यस कमिटीलाई म आवश्यक छु, कमिटीले मेरो आवश्यकता बोध गरेरै मलाई संगठित गरेको हो’ भन्ने अनुभूति भयो भने संगठनको एकता बलियो हुन्छ । कमिटीमा हरेक कार्यकर्ताको मनोविज्ञानलाई ध्यान दिनु भनेको व्यक्तिवादी प्रवृतिलाई मौलाउन दिनु पर्दछ भनेको होइन । हरेक व्यक्तिको मनोवैज्ञानिक पक्षलाई ध्यान दिएमा उसमा भएका राम्रा पक्षलाई अगाडि बढाउन र कमी-कमजोरीलाई सच्याउनका लागि सहयोग गर्न सकिन्छ । व्यक्तिमा भएका कमी-कमजोरीलाई ढाकछोप गर्नु वा कार्यकर्तामा देखिने गलत आचरणबारे थाहा पाएर पनि थाहा नपाएजस्तो अवश्य पनि गर्नु हुँदैन । गलत कुरालाई अगाडि बढ्नै दिनु हुँदैन तर त्यसलाई सच्याउन पनि उपयुक्त विधिको प्रयोग गर्नु पर्दछ । कसैका कमजोरी छन् भने उसलाई सही वैचारिक र ब्यावहारिक शिक्षाद्वारा भित्रैदेखि महसुस गराउनु पर्दछ ।

अहिलेको पूर्णकालिन कार्यकर्ताले सधैं अरुको घरमा खाना खान र बस्न संभव छैन । विगतमा घर-परिवार छोडेर हिँडेको मानिससंग परिवारले पनि खासै सहयोगको आशा गर्दैनथ्यो । अहिले परिवारले सहयोगको आशा गर्नु स्वाभाविक छ । यसैले कार्यकर्ता आर्थिक उत्पादनसंग जोडिनै पर्दछ, आफ्नो कमाईमा बाँच्नसक्ने हुनै पर्दछ ।

पार्टी निर्माणमा कार्यकर्ता संरक्षण र परिचालनको व्यवस्था हुनु अति आवश्यक छ । कार्यकर्ता कसरी उत्पादन गर्ने र भएका कार्यकर्ताहरुलाई कसरी निरन्तर रुपमा पार्टीमा सक्रिय बनाउने भन्ने कुरालाई कार्यकर्ता नीति भनिन्छ । कार्यकर्ता कसरी बाँच्छ, उसको परिवारको आजिविका कसरी चल्छ र उसले निस्वार्थ भावले काम गर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने बारेमा पार्टीमा स्पष्ट नीति हुनु पर्दछ । नेतृत्वले कार्यकर्तालाई सकिन्जेल घोडा बनाएर हिँडाउने र हिँड्न नसकेर थला परेपछि अर्को नयाँ घोडा खोज्ने गर्नु हुँदैन । कार्यकर्ताका जीवनका समस्या हल गर्न नेतृत्व र नितिले नै सघाउनु पर्दछ । कार्यकर्तालाई उत्पादनसंग जोड्नु पर्छ । यो भनेको आफ्नै कमाइमा बाँचेर पार्टी काम गर्ने कार्यकर्ता तयार गर्नु हो । भूमिगत अवस्थामा कार्यकर्ता जहाँ जान्थे, त्यहीँ रुखो-सुखो जे पाइन्छ खान्थे, जनताले दिएको कपडा लगाउँथे । अहिलेको पूर्णकालिन कार्यकर्ताले सधैं अरुको घरमा खाना खान र बस्न संभव छैन । विगतमा घर-परिवार छोडेर हिँडेको मानिससंग परिवारले पनि खासै सहयोगको आशा गर्दैनथ्यो । अहिले परिवारले सहयोगको आशा गर्नु स्वाभाविक छ । यसैले कार्यकर्ता आर्थिक उत्पादनसंग जोडिनै पर्दछ, आफ्नो कमाईमा बाँच्नसक्ने हुनै पर्दछ ।

कार्यकर्तालाई उत्पादनसंग जोड्नु भनेको पूर्णकालिन कार्यकर्ताहरुले पार्टीकाम छोडेर कमाइ मात्रै गर्ने धन्दामा लाग्नु पर्दछ भनेको होइन । पार्टीलाई पूर्णकालिन कार्यकर्ता चाहिन्छ । पूर्णकालिन कार्यकर्ताले नै पार्टी कामको समग्र नेतृत्व र ब्यवस्थापन गर्न सक्छन्, भ्याउँछन् । कसैलाई बचेको समयमा कुनै आयआर्जनको काम गर्न सक्ने अनुकूलता र दक्षतासमेत हुन्छ भने कसैलाई त्यो अनुकूलता नहुन सक्छ तथा अंश कालिनरुपमा आय आर्जन गर्न सक्ने दक्षताको अभाव पनि हुनसक्छ । हरेक कार्यकर्ता उत्पादनसंग जोडिने भनेको आफूले ब्यवस्थापनमा सहयोग गरिदिएर परिवारका अरु सदस्यहरुलाई घर चलाउन सक्ने गरी आय आर्जन गर्न सक्ने बनाउनु पनि हो । यसरी कम्युनिस्ट आन्दोलन प्रति जनतालाई संगठित गर्दै क्रान्तिकारी कम्युनिस्ट शक्ति वैकल्पिक शक्तिको रूपमा तयार पार्न आवश्यक छ ।