काठमाण्डौंमा पक्राउ परेका खड्कालाई कोहलपुर झिकाईयो

काठमाडौंमा पक्राउ परेका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई बाँके झिकाईएको छ ।

ज्यान मार्ने उद्योगमा फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाण्डौंबाट पक्राउ गरेको थियो । जिल्ला अदालतले ज्यान मार्ने उद्योग अन्तर्गत पक्राउ पुर्जी जारी गरेपछि खड्का फरार भएका थिए । फरार अवस्थामा काठमाडौंमा पक्राउ परेपछि खड्कालाई जिल्ला झिकाईएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार मंगलबार बेलुका हवाई मार्ग मार्फत खड्कालाई बाँके झिार्ईएको हो । नेपालगञ्ज विमानस्थलबाट खड्कालाई सिधै कोहलपुर ल्याईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
खड्कालाई भोली अदालत उपस्थित गराईने बताईएको छ ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ