‘दाह्री ग्याङ’ को शाखा कोहलपुरमा विस्तार

काठमाण्डौं केन्द्रिय कार्यालय भएको ‘दाह्री ग्याङ’ ले कोहलपुरमा शाखा विस्तार गरेको छ । देशैभरी शाखा विस्तार गर्ने क्रममा दाह्री ग्याङले कोहलपुरमा समेत शाखा विस्तार गरेको हो ।

दाह्री ग्याङ कोहलपुरको पहिलो बैठक शनिबार सम्पन्न भएको छ । शाखा संयोजक सन्दीप बिक्रम शाहाका अनुसार पहिलो बैठकले बिभिन्न महत्वपूर्ण निर्णय पारित गरेको छ । सामाजिक उत्तरदायीत्व बहन गर्ने संस्थाका रुपमा रहेको ‘दाह्री ग्याङ’ कोहलपुर शाखाको विशेष बैठकले कोष स्थापना गर्ने, रक्तदान गर्ने लगायत विभिन्न निर्णय गरेको हो ।

बाँकेमा पहिलो शाखाका रुपमा कोहलपुरमा स्थापना भएको दाह्री ग्याङले बाँके तथा बर्दिया क्षेत्रमा रहेका दाह्रीप्रेमी युवाहरुलाई एकत्रित गरी सामाजिक कार्यमा अग्रसर गराउने उद्धेश्य राखेको संयोजक शाहाले बताए ।