छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस (गजल)

इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस ।
गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस ।।

मेरो पनी त एउटा अन्तिम सपना बाकि छ,
छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस ।।

यदि हाम्रो तातो रगत उम्लिएकै हो भने,
कलापानि बचाउने चाहानामा प्रयोग होस ।।

बिदेशमा खर्चिएर बचेको त्यो उर्जा जति,
फर्किएर आफ्नै घरको दलानामा प्रयोग होस ।।

कुशेन्युजबाट