विप्लवका जाजरकोट ईन्चार्ज कोहलपुरमा पक्राउ

सरकारद्धारा प्रतिवन्धित विप्लव समुहका जाजरकोट जिल्ला ईन्चार्ज पक्राउ परेका छन । बिहिबार राती ११:३० बजे विप्लव समुहका जाजरकोट जिल्ला ईन्चार्ज प्रेम प्रकाश वलीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।

वलीलाई एनसेल टावरमा आगजनी गरेको, जबरजस्ती चन्दा असुली गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय जाजरकोटले राज्य बिरुद्धको अपराध, भौतीक संरचना बिनास तथा चन्दा सम्बन्धि कसुरमा मुद्धा चलाएको थियो ।

बिहिबार राती कोहलपुर नगरपालिका वडा नं. २ स्थित सालको बुटाबाट वलीलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।