राष्ट्रिय युवा संघ बाँके संयोजकमा बस्याल, सहसंयोजक कार्की

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनबर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको संयोजकमा कुस्माखर बस्याल चयन भएका छन् । त्यसैगरी उप-संयोजकको जिम्मेवारी आकाश कार्कीले पाएका छन ।

पुर्व एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपाले आफ्ना जनवर्गिय संगठनलाई पूर्णता दिने क्रममा युवा संघ बाँकेको संयोजक र उप-संयोजकको टुङ्गो लगाएको हो ।

युवा संघ बाँकेका निर्वाचित सचिव समेत रहेका बस्याल राष्ट्रिय युवा संघ बाँकेको संयोजक पदमा सर्बसम्मत नियुक्ति भएका हुन् । उपसंयोजक कार्की तत्कालीन माओवादी केन्द्रको भातृ संगठन वाईसिएलको बाँके जिल्ला सचिव थिए ।  राष्ट्रिय युवा संघ नेपाल बाँकेमा पुर्व एमालेबाट बस्याल र पुर्व माओवादीबाट कार्कीले जिम्मेवारी पाएका हुन ।