दुर्घटना न्यूनिकरणकालागि बाँके ट्राफिकको प्रयास, सडकमा स्टिकर टाँस

सडक दुर्घटना न्यूनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सडकमा रिफ्लेक्ट स्टिकरहरु लगाएको छ । नेपालगन्ज कोहलपुर सडक खण्डमा लापरवाही रुपमा सवारी साधन चलाउदा बढि दुर्घटनाहरु हुने गरेको पाईन्छ । असोज १२ गते देखि कात्र्तिक २५ गतेसम्म मात्र २९ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीको तथ्यांकमा रहेको छ । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ भने ३७ जना घाईते भएका छन । दुर्घटनामा परि २ वटा छाडा चौपाएको समेत मृत्यु भएको हो । खुल्ला सडक र तिब्र गतिका कारण सडक दुर्घटना भएको हुदा सडकमा रिफ्लेक्ट स्टिकरहरु राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पबिन्द्र बमले बताए ।

बमले भने दशै तिहारको बिचमा मात्र ट्राफिक प्रहरीले बाँके जिल्ला भरि करिब दुई हजार छ सय ६४ जनालाई कारबाहि गरीएको हो । त्यसमा पनि मापसे गर्ने १२ जनालाई कारबाही गरिएको बमले जनाए । बमले भने ट्राफिक प्रहरीको एकल प्रयासबाट मात्र सडक दुर्घटना न्युनिकरण सम्भब नभएको हुदा सबैले सवारी चलाउदा ट्राफिक नियकको पालनाका गर्न पनि आग्रह गरे ।