कोहलपुर ६ उपनिर्वाचन : पाँच दलद्धारा मनोनयन दर्ता (तस्बिरसहित)

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बाँकेको कोहलपुरमा बाजागाजासहित पाँच दलका उम्मेद्वारले मनोनयन दर्ता गराएका छन् । कोहलपुर नगरपालिका वडा नं. ६ को वडाध्यक्षकालागि उम्मेद्वारहरुले झाँकी र पञ्चेबाजासहित उम्मेद्वारी दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयले दिएको समय तालिका अनुसार सबैभन्दा पहिले राप्रपाका उम्मेदवार श्रीधर सुवेदीले मनोनयन दर्ता गराएका थिए । जुशुलसहित कोहलपुर नगरविकास समिति परिसरमा रहेको निर्वाचन कार्यालयमा पुगेका सुवेदीले अग्रस्थानमा उम्मेदवारी दर्ता गराएका हुन ।

त्यसैगरी सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रामशरण थारुले दोस्रो नम्बरमा उम्मेदवारी दर्ता गराए । थारु मौलिक पहिरनमा निर्वाचन कार्यालय पुगेका थारुले वडाध्यक्ष पदकालागि उम्मेदवारी दर्ता गराएका हुन । थारुको उम्मेदवारी मनोनयन कार्यक्रममा सहभागी हुन नेकपासंसदिय दलका सचेतक शान्ता चौधरी कोहलपुर आएकी थिईन । मनोनयन दर्ता पछिको कोणसभालाई सम्बोधन गर्दै चौधरीले कोहलपुर ६ मा रामशरणको विकल्प नरहेको बताईन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि बुधबार मनोनयन दर्ता गराएको छ । काँग्रेसका तर्फबाट श्रीकृष्ण थारुले मनोनयन दर्ता गराएका छन । झाँकी सहित काँग्रेस नेता कार्यकर्ताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

त्यसैगरी संघिय समाजवादी फोरमले समेत कोहलपुर वडा नं. ६ को वडाध्यक्षकालागि उम्मेदवारी दर्ता गराएको छ । हालै नयाँ शक्ती र समाजवादी फोरमको एकतापछि बनेको संघिय समाजवादी फोरमबाट शोभाखर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन ।

उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले पनि मनोनयन दर्ता गराएको छ । नेमकीपाबाट दीपालक्ष्मी हमालले मनोनयन दर्ता गराएकी छन । उनी ईलाका प्रशासन कार्यालय कोहलपुरका तत्कालिन प्रमुख दत्तराज हमालकी श्रीमती हुन ।

निर्वाचन कार्यालयले बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।

मनोनयन दर्ता गर्दै नेकपाका उम्मेदवार ।

 

मनोनयन दर्ता गर्दै नेपाली काँग्रेसका उम्मेदवार ।

 

मनोनयन दर्ता गर्दै राप्रपाका उम्मेदवार ।