उम्मेदवारी मनोनयनकै दिन नेपालगन्जबाट पेस्तोलसहित एक पक्राउ

स्थानिय तहको उप-निर्वाचनकालागि उम्मेदवारी दर्ता गनराउने दिन बुधबार नेपालगन्जबाट अबैध कटुवा पेस्तोल सहित एक ब्यक्ति पक्राउ परेका छन । यात्रुबाहक अटोमा पेस्तोल राखेर हिडिरहेको अवस्थामा बाँके प्रहरीले मेराज अलि सैयदलाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

बाँकेको डुडुवा गाँउपालिका-४ उचेमसाहका सैयदलाई प्रहरीले बुधबार बिहान १० बजे नेपालगञ्ज उपमहानगरपालिका वडानं। ४ गणेशपुर चोकबाट नियन्त्रणमा लिएको हो ।

सैयदले चलाउँदै आएको भे १ स ८३२६ नम्बरको अटोरिक्साको डिग्गीमा कालो प्लास्टिकको झोलामा लुकाई राखेको अवस्थामा सो पेस्तोल बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।

यसअघि बाँके प्रहरीले गत कात्तिक १४ गते नेपालगञ्ज-२० मनिकापुरको नमस्ते भिलेज रेस्टुरेन्टबाट तरुण दल नेपालगञ्ज सभापति संदिप जंग शाहलाई अमेरिकन पेस्तोल सहित नियन्त्रणमा लिएको थियो ।