बाँकेमा बाघको आक्रमण बढ्यो, दुई दिनमा २ को मृत्यु

पछिल्लो समय बाँकेमा बाघको आक्रमण बढेको छ । बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको हो ।

पछिल्लो ३६ घण्टामा बाघको आक्रमणबाट बाँकेमा २ जना महिलाले ज्यान गुमाएका छन । गत आईतबार चितुवाको आक्रमणबाट कोहलपुर नगरपालिका बडा नं. १३ बस्ने बर्ष ७५ की काली बस्नेतको ज्यान गएको थियो । उक्त घटना सेलाउन नपाउँदै आज मंगलबार पुन: बाघले आक्रमण गर्दा एक महिलाको ज्यान गएको छ । मंगलबार बिहान ९ बजे राप्ती सोनारी गाँउपालिका वडा नं. ८ स्थित शिबशक्ति सामुदायिक वनको जंगलमा घाँस काट्न गएकी ६० वर्षिय ठगी खड्कालाई पाटे बाघले आक्रमण गरेको हो ।

बाघले खड्काको छातीको भागमा आक्रमण गरेको अवस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु