कोहलपुरमा बिस्फोट, एक ब्यक्ति गम्भीर घाईते

कोहलपुरमा मंगलबार विस्फोट भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोड गोलपार्क नजिकै चुडामणी शर्माको घरमा बिस्फोट भएको हो ।

दिनको ३ बजे भएको बिस्फोटमा परी घरधनी शर्मा गम्भीर घाईते भएका छन । बिस्फोट लगत्तै पौडेललाई उपचारकालागि कोहलपुर मेडिकल कलेज लगिएपनि उपचार सम्भव नभएको भन्दै नेपालगन्ज रिफर गरीएको छ । घरमा अरु कोही नभएकाले मानविय क्षती हुन नपाएको प्रहरीले जनाएको छ ।

बिस्फोेटबाट घर पूर्ण रुपमा क्षतीग्रस्त भएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । खासमा के पड्कीएको हो भन्ने बारे अहिलेसम्म खुल्न सकेको छैन ।