कोहलपुर नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर'(भिडियो सहित )

बाँकेको  कोहलपुर नगरपालिका नेपालकै पहिलो ‘सडक मानवमुक्त नगर’ घोषणा भएको छ । सोमबार कोहलपुर नगरपालिकालाई नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका’ घोषणा गरिएको हो । निलसागर आश्रम नेपालगञ्जको समन्वय तथा सहजीकरणमा कोहलपुर नगरपालिकालाई सडक मानवमुक्त नगर घोषणा गरिएको हो ।

कोहलपुर नगरपालिका क्षेत्रभित्रका सडकहरुमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा कुनै पनि मनोसामाजिक अवस्थाका मानिसहरु नदेखिएकाले कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगरपालिका घोषणा गरीएको नगर प्रमुख लूट बहादुर रावतले बताए । नगरप्रमुख रावतले सडक मानवमुक्त घोषणा कार्यक्रममा घोषणा पत्र पढेर सुनाएका थिए ।

नगर प्रमुख रावतल भने, ‘५ नं प्रदेश सरकारले यो प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश बनाउने घोषणा गरिसकेकाले कोहलपुर नगरपालिकाले त्यसलाई कार्यान्वयन गराउने क्रममा देशभरमै पहिलो पटक सडक मानवमुक्त नगर घोषणा अभियानलाई सार्थकता दिएको हो ।’

कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु चौधरीले ‘सहयोगापेक्षी, वेसहारा, अभिभावकविहीन सडक मानवमुक्त’ नगर घोषणासँगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताईन ।

बाँकेको खजुरा गाँउपालिका र चितवनको भरतपुर महानगरपालिकालाई यसअघि नै र सडक मानबमुक्त घोषणा भईसकेका छन । नगपालिकाको रुपमा कोहलपुर नगरपालिका देशभरमै पहिलो सडक मानबमुक्त नगरपालिका भएको कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी थारुले बताईन । कोहलपुर नगरपालिकाले पाँचौ नगर सभामा गर गरेको नितिगत ब्यबस्था अनुसार शारीरिक, मानसिक, बौद्धिक तथा पारिवारीक कारणबाट कुनै पनि बालवालिका तथा बृद्धबृद्धा सडकमा बस्नुपर्ने अवस्था सृजना नहोस भनेरै कोहलपुरलाई सडक मानबमुक्त नगरपालिका घोषणा गरीएको थारुले बताईन ।

कुनै पनि लोक कल्याणकारी तथा लोकतान्त्रिक राज्य व्यवस्था भएका मुलुकहरुमा जुनसुकै उमेरको कोही पनि मानिस सडकमा असहाय, बेवारिसे, अनाथ, अशक्त तथा कुनै पनि मनोसामाजिक अवस्था रहनु हुँदैन भन्ने विश्वप्यापी मान्यता रहेको छ ।

यही मान्यताको आधारमा यस्ता विशेषता भएका सहयोगापेक्षी सडक मानवहरुलाई आश्रयमा लिएर हेरचाह, औषधी उपचार, स्याहार-सुसार गर्नुका साथै मनोसामाजिक समस्यामा परेका व्यक्तिहरुलाई मनोसामजिक परामर्श पश्चात घर परिवारमा पुनः मिलन समेत गराउने काम समेत निल सागर आश्रम नेपालगञ्जले गर्दै आएको छ । निल सागरले नै कोहलपुर नगरपालिकालाई सहयोगापेक्षी सडक मानवमुक्त नगर घोषणामा सहजीकरण गरेको हो ।

कोहलपुर नगर भित्र रहेका ७५ भन्दा बढि सडक मानबहरुलाई निलसागर सेवा आश्रममा राखिएको छ ।