चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु

बाँकेको कोहलपुरमा आईतवार चितुवाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट कोहलपुर नगरपालिका वडा नम्बर १३ कि ७५ बर्षिय काली बस्नेतको मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

मृतक बस्नेत आईतवार बिहान मनकामना मध्यवर्ती सामुदायिक वनमा घांस काट्न गएको र सोही बेलामा चितुवाले आक्रमण गरि उनको बायाँ खुट्टा, टाउको र हिपको भाग खाई मृत्यु भइसकेको अवस्थामा दिउँसो सोही जङ्गलमा शव फेला पारेको प्रहरीले जनाएको छ ।

शवको प्रारम्भिक अनुसन्धान गरि पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।