शाहीको संयोजकत्वमा प्रचार-प्रसार उपसमिति गठन

कोहलपुर वडा नं. ६ मा आगामी मंसिर १४ गते हुन गईरहेको उप-निर्वाचनकालागि चुनावी अभियानलाई तिब्रता दिईएको छ । चुनावी अभियानलाई गति प्रदान गर्न नेपाल कम्यूनिष्ट पार्टी नेकपाले चुनाव प्रचार प्रसार उपसमिति गठन गरेको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष राजु शाहीको संंयोजकत्वमा १६२ सदस्यीय वडा स्तरीय चुनाव प्रचार प्रसार उप समिति गठन गरिएको प्रचार प्रसार उपसमिति ईन्चार्ज सुर्य ढकालले जानकारी दिए ।

समितिको सहईन्चार्जमा खेमराज शर्मा, सुरज जागा, सन्तोष बुढाथाकी, राजु तमाङ्ग, मिलन शाह, कुश्माखर वस्याल र आकास कार्की रहेका छन । समितिले वडा नं. ६ का सबै टोलहरुमा टोल कमिटी गठन गर्ने जिम्मेवारी पाएको छ । साथै कात्र्तिक २६ गतेभित्र वडाभित्रका ९ वटै टोलमा टोल कमिटि गठन गरी वडा स्तरिय यूवा भेलाको आयोजना गर्ने तयारी गरीएको ईन्चार्ज ढकालले जानकारी दिए ।

यसैबिच नेकपाले चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको वडाध्यक्षका उम्मेदवार रामशरण थारुले जानकारी दए । पहिलो चरणको घरदैलो अभियान सकेको नेकपाले दोस्रो चरणको अभियान संचालन गरीरहेको थारुले बताए ।