कोहलपुर ६ उपनिर्वाचन : को हुन राप्रपाका उम्मेदवार सुवेदी ?

बाँकेमा उप-निर्वाचनको चहलपहल बढेको छ । कोहलपुर नगरपालिकाको ६ नं. वडामा हुन गईरहेको उपनिर्वाचनले सिङ्गो जिल्ला तातिएको छ । वडाध्यक्ष पदकालागि हुने निर्वाचनमा मुख्य तिन दलले उम्मेदवार टुङ्गो लगाएसँगै चुनावी गतिविधिलाई बढाएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यू भएपछि कोहलपुर ६ मा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारसँगै राप्रपाले समेत आफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ ।

को हुन राप्रपाले अघि सारेका उम्मेदवार सुबेदी ?

साविकको रझेना गाविस वडा नं. ७ मा जन्मिएका श्रीधर सुबेदीले २०५८ साल देखी कोहलपुर साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थिए । राजनीति र समाजसेवा प्रति विशेष चासो बोकेका उनी पत्रकारीतासँगै प्रजातन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा आवद्ध भए । उनले स्वतन्त्र समाचार सेवा काठमाडौं, नेपाल एफएम (काठमाडौं), श्री अभिलेख साप्ताहिक (मलेशिया) हुँदै आफ्नो पत्रकारीता यात्रालाई निरन्तरता दिए ।

२०६३ देखी प्रकाशन शुरु गरिएको श्री अभिलेख साप्ताहिकमा सुबेदी कार्यकारी सम्पादक थिए । यो पत्रिका मलेसियामा समेत प्रकाशित हुन्थ्यो र मलेसियामा रहेका नेपालीमाझ निक्कै लोकप्रिय थियो । पत्रिका प्रकाशनको क्रममा मलेसियामा रहँदा उनले नेपाल पत्रकार महासंघ मलेसिया शाखाको गठन गरेका थिए । उनी महासंघ मलेसिया शाखाको संस्थापक सचिव हुन् । मलेसियामै रहँदा उनीले राष्ट्रिय समाचार समिति (रासस) को मलेसिया प्रतिनिधि समेत रहेर काम गरेका थिए । स्वदेश फर्किएर उनले २०६७ बाट कोहलपुरमै न्युज नमस्ते दैनिक पत्रिकाको प्रकाशन शुरु गरे । उनले न्युज नमस्ते मार्फत स्थानीय क्षेत्रमा भइरहेका भ्रष्टाचारविरुद्ध धावा बोलेका थिए । २०७३ मा उनी कोहलपुर टेलिभिजनको प्रवन्ध निर्देशक भएका थिए ।

‘कमल थापाको दिक्षा, डा. धवल शम्शेरको शिक्षा’

प्रारम्भमा नेपाली काँग्रेससँग आवद्ध भएका सुवेदी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा आवद्ध छन् । काँग्रेस नेता वीपी कोइरालाको प्रजातान्त्रिक समावजाद र राष्ट्रिय मेलमिलापको नीतिप्रति प्राभावित भएर उनी काँग्रेसमा आवद्ध भएका थिए । कोहलपुरमै रहँदा नेपाल प्रेस युनियनमा आवद्ध उनी पत्रिका प्रशासनको क्रममा मलेसियामा रहँदा नेपाली कांग्रेस निकट संगठन नेपाली जनसम्पर्क समिति मलेशियाको संस्थापक सचिव भए । मलेशियाबाटै महाधिवेशन प्रतिनिधी समेत भएका थिए ।

मुलुकको परिवर्तित अवस्थामा राष्ट्रियताको संरक्षण तथा सनातन धर्म, संस्कृति र पहिचानको सम्बद्र्धनबाट मात्र देश बलियो हुने, राष्ट्रिय सम्बृद्धिको लक्ष्य हासिल हुने र विपिको प्रजातान्त्रिक समाजवादबाट काँग्रेस च्यूत हुँदै गएको अनुभुतीपश्चात उनी काँग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमा आवद्ध भए । उनलाई राप्रपाका केन्द्रीय सदस्य हिक्मत ढकालको पहलमा तत्कालिन राप्रपाका केन्द्रिय उपाध्यक्ष एवं हाल नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्सेर राणाले पार्टीमा प्रवेश गराएका थिए ।

वडा सदस्य देखि राजनीति सुरु गरेका सुवेदी राप्रपा नेपाल बाँकेको जिल्ला सदस्यसँगै जिल्लाको पार्टी प्रवक्ता समेत भइसकेका छन् । राप्रपा नेपाल निकट पत्रकारहरुको संगठन मिडिया नेपालको केन्द्रीय सदस्य समेत रहेका सुवेदी २०७४ देखि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सूचना प्रविधि विभागको सदस्य सचिवको पदमा कार्यरत छन् । पत्रकारीतमार्फत समाजको समस्या नजिकबाट बुझेका सुवेदीकालागि कोहलपुर क्षेत्र त्यसमा पनि विशेष वडा नं. ६ को समस्या नौलो हैन । स्थानीय निकायबाट भइरहेका गतिविधी र गर्न सकिने कामबारे उनी जानकार छन् । युवाहरुमाझ अत्यन्तै लोकप्रिय सुवेदी मिलनसार स्वभावका छन । आफू जन्मे हुर्किएको क्षेत्रलाई विकासको नमुना क्षेत्र बनाउने चाह भएका यूवा नेता सुवेदी डा. धवलशम्सेरको विकासको मोडलबाट प्रभावित छन् ।

सुवेदीले राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले यस क्षेत्रको विकासमा पु¥याएको योगदानलाई प्रेरणा र मार्गनिर्देशनको रुपमा आत्मसाथ गर्दै आएका छन् । राष्ट्रियता, धर्म र सनातन परम्पराबारे राप्रपाका अध्यक्ष कमल थापाबाट दिक्षित उनी ‘आफ्नो क्षेत्र, आफ्नो सान, कोहलपुरमा वडा नम्बर ६ को छुट्टै मान’ को मुललक्ष्य सहित कोहलपुर नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।