उपसभामुख तुम्बाहाम्फेद्धारा सिक्टाको स्थलगत निरिक्षण

उपसभामुख शिवमाया तुम्बाहाम्फेले राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनाको स्थलगत अनुगमन गरेकी छन ।

उपसभामुख तुम्बाहाम्फे शनिबार सिक्टा नहरको ढकेरी देखि अगैयासम्मको भागको स्थलगत अनुगमन गरेकी हुन्।उपसभामुख तुम्बाहाम्फेलाई बाँके निर्वाचन क्षेत्र नं १ का सँघिय साँसद महेश्वर गहतराज अथकले सिक्टा नहर संचालन र सिक्टाबाट बाँकेका जनताले प्राप्त गर्ने लाभका बारेमा जानकारी गराएका थिए ।

सिक्टा सिचाई आयोजना प्रमुख कृष्ण नेपालले सिक्टा परियोजनाको प्रगती र समस्याहरुका बारेमा उपसभामुखलाई जानकारी गराएका थिए । राष्ट्रिय गौरबको आयोजना सिक्टा सिँचाइ सम्पन्न भए पश्चात अगैया देखि पूर्बि नहरबाट ९ हजार हेक्टर जमिनमा सिचाइ सुबिधा उपलब्ध हुनेछ भने पश्चिमी नहरबाट ३३ हजार ७ सय ६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने आयोजनाका प्रमुख नेपालले बताए ।

स्थलगत अनुगमनमा उपसभामुखका साथमा संविधानविद टिकाराम भट्टराइ, उपसचिव जिवराज पोखरेल लगायतको सहभागिता रहेको थियो ।