कोहलपुर ६ उप-निर्वाचन : को हुन रामशरण थारु ?

बाँकेमा उप-निर्वाचनको चहलपहल बढेको छ । कोहलपुर नगरपालिकाको ६ नं. वडामा हुन गईरहेको उपनिर्वाचनले सिङ्गो जिल्ला तातिएको छ । वडाध्यक्ष पदकालागि हुने निर्वाचनमा मुख्य दलले उम्मेदवार टुङ्गो लगाएसँगै चुनावी गतिविधिलाई बढाएका छन ।

२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षको मृत्यू भएपछि कोहलपुर ६ मा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारसँगै राप्रपाले समेत आफ्नो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । यसअघि काँग्रेसले जितेको उक्त वडामा अहिले त्रिपक्षिय भीडन्त हुने देखिएको छ ।

नेकपाले अघि सारेका उम्मेदवार को हुन ?

कोहलपुर ६ को उपनिर्वाचनकालागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले रामशरण थारुलाई अगाडी सारेको छ । २०७४ सालको स्थानिय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका थारुलाई नेकपाले पुन टिकट दिएको हो ।

वि.सं. २०४६ साल माघ १ गते साविकको रझेना गाविसमा जन्मीएका थारु तेस्रो पटक चुनावी मैदानमा होमिएका छन । २०६९ सालमा पहिलो पटक सिद्धार्थ प्रा.वि. को विद्यालय ब्यवस्थापन समिति सदस्यमा निर्वाचित भएका थारुले २०७४ सालको स्थानिय निर्वाचनमा भने पराजय भोग्नुपर्यो । ०७४ सालको निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थारु यस पटक भने विजयी हुनेमा ढुक्क छन ।

राजनितिक परिवेशमा हुर्किएका थारुले २०६२ सालमा तत्कालिन नेकपा माओवादीको पार्टी सदस्यता लिएका थिए । माध्यामिक तहसम्म अध्ययन गरेका थारु ईमानदार र स्वच्छ छविका कारण स्थानियस्तरमा लोकप्रिय नेताका रुपमा स्थापित छन ।

‘हामीले जितिसक्यौ, घोषणा गर्न बाँकी छ’

वडामा पहिलो पटक केन्द्रिय स्तरको नेता ल्याउन सफल भएका थारुले आफ्नो जित सुनिश्चित भएको बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै वडाको चुनावी सभामा उपस्थित भएकाले नेकपाप्रति स्थानियहरुको विश्वास बढेको थारुको बुझाई छ । तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले ६ नं. वडामा बहुमत ल्याउने थारुले दाबी गरे ।

कुल २०३८ मतदाता रहेको कोहलपुर ६ मा थारु समुदायको वाहुल्यता रहेपनि सबै जातीलाई समेटेर अघि बढ्ने बताउँछन नेकपाका उम्मेदवार रामशोहन ।

निस्वार्थ सेवामा खट्ने प्रतिवद्धता

नेकपा ६ नं. वडा कमिटिका सचिव समेत रहेका थारु विगतदेखी नै सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका छन । ०७४ सालमा वडाध्यक्ष पदमा पराजित भएपनि वडाको विकासकालागि अहोरात्र खटिएको थारुको भनाई छ । वडाभित्र विद्युतिकरण, सडक निर्माण लगायत अन्य भौतिक पुर्वाधार विकास अहोरात्र खटिने थारु वडालाई नमुना भएको हेर्न चाहन्छन ।

निर्वाचन भएपछिको पहिलो प्राथमिकतामा वडाभित्रका पुर्वाधार निर्माणलाई राखेको छु, थारुले भने, ‘भौतिक पुर्वाधारको विकास नभएसम्म वडाको विकास सम्भव छैन ।’ वडामा निशुल्क शिक्षालाई प्रभावकारी बनाउनुकासाथै बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउन विभिन्न सिपमुलक तालिमको ब्यवस्था मिलाउने, सामुदायीक भवन निर्माण गर्ने, सडक स्तरोन्नतीका साथै कालोपत्रे गर्ने, खानेपानी समस्या समाधान गर्ने, खेतियोग्य जमिन जोगाउन सुतैया नालामा तटबन्धन गर्ने लगायत योजनालाई सार्थकता दिन पनि आफ्नो जित अपरिहार्य रहेको थारु बताउँछन ।