१ लाख रियाल सहित मानव तस्कर पक्राउ

भारतीय प्रहरीले रियाल १ लाख रकम सहित नेपाली नागरीकलाई रुपैडिहाबाट पक्राउ गरेको छ । शुक्रबार बिहान भारतीय सिमावर्ती क्षेत्र रुपैडियाबाट अवैध रुपमा नेपाली युवतीहरुलाई खाडी मुलुक पठाउने एक महिला सहित ३ जनालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको हो ।

नेपालबाट भारतिय बाटो हुँदै तेस्रो मुलुकमा महिला बेच्ने क्रम बढेपछि सिमानामा निगरानी बढाएको प्रहरीले भोजपुर जिल्ला निवासी कल्पना राईलाई बिदेशी मुद्रा सहित पक्राउ गरेको हो ।

रोजगारीको प्रलोभन देखाएर कल्पनाले २ महिलालाई नेपालगञ्ज हुँदै भारतको रुपैडिया पुर्याएकी थिइन् । खाडी जान लागेका दुई महिलाको परिचय खुलाइएको छैन । हाल उनीहरु रुपैडियामा सुरक्षाकर्मीको नियन्त्रणमा छन् ।

बिहीबार सीमा नाकामा रुपैडिया प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँच गर्दा महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । सोधपुछ गर्दा दुई महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।

कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको छ ।