अक्षय कुमारको पारिश्रमिक सय करोड

अक्षय कुमारले आगामी एक सिनेमाका लागि सय करोड भारू लिने सम्भावना बढेको छ।

वासु भगनानीको सिनेमाका लागि उनले सय करोड भारू पारिश्रमिक लिने चर्चा चलेको छ।

सिनेमाका लागि अक्षय, वासु तथा निखिल आडवाणीबीच सहकार्य हुनेछ। सिनेमालाई ‘लखनउ सेन्ट्रल’ निर्देशन गरेका रंजीत तिवारीले निर्देशन गर्नेछन्।

सिनेमा वास्तविक घटनाबाट प्रेरित एक्सन(ड्रामा जनराको हुनेछ। पछिल्लो समय अक्षयका सिनेमाले लगातार सफलता हासिल गरिरहेकाले निर्माणपक्ष यो मात्रामा पारिश्रमिक दिन तयार भएको बताइन्छ। यस सिनेमाको धेरैजसो सुटिङ लण्डनमा हुनेछ।

अक्षयकुमार आफ्ना सिनेमामा निर्मातासमेत रहने भएकाले उनले सिनेमाबापत यति ठूलो रकम पाउन लागेको बताइन्छ। भलै यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।