भारतको कदम तत्काल सच्चाउन अनेरास्ववियू बाँकेको माग (भिडियो सहित)

भारतले केही दिनअघि सार्वजनिक गरेको नयाँ नक्साको विरोध गर्दै अनेरास्ववियु बाँकेले कोहलपुरमा प्रदर्शन गरेको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले भारतबाट हालै जारी भएको नयाँ नक्सामा नेपालको सिमाभित्र पर्ने लिपुलेक र कालापानी समावेश भएको भन्दै विरोध प्रदर्शन गरेको हो ।

‘गो ब्याक इन्डिया, भारतीय बिस्तारबाद मुर्दाबाद’ लेखिएको प्ले कार्डसहित विद्यामर्थीहरु सडकमा उत्रिएका हुन । अनेरास्ववियुले भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको पुत्ला समेत समेत जलाएका थिए । अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको स्वाधीनतामा आँच पुर्याउने गरी जारी गरेको नक्सा नसच्चिय सिमामै पुगेर विरोध गरीने बताए । ‘कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालका हुन’ शाहले भने, ‘यथासीघ्र नक्सा नसच्चाए हामी कडा आन्दोलन गर्न बाध्य हुनेछौं ।’ उनले भने नेपालको परराष्ट्र मन्त्रालय र भारतीय दुताबासलाई तुरुन्त उक्त कदमलाई सच्चाउन अनुरोध गरे ।

अनेरास्वबियू बाँकेका नेता राजेन्द्र बिष्टले भारत सरकारको उक्त कदमलाई सच्चाउन माग गरेका छन । आवश्यक परे सिमामै गएर आन्दोलन गर्ने चेतावनी दिदैं विष्टले भारतीय दमन स्विकार्य नहुने बताए । कार्यक्रममा अनेरास्वबियू बाँकेका नेता टेकेन्द्र मल्ल, सुमन घिमिरे, हेमन्त भट्टराई लगाएतको उपस्थिती रहेको थियो । अनेरास्ववियू बाँकेले शुक्रबार दिउँसो ३ बजे नेपाल भारत सिमाना जमुनाह नाकामा बिरोध कार्यक्रम गर्ने जनाएको छ ।