सुरुङ निर्माण सकियो, मुआब्जामा पुगेर अड्कियो

भेरी बबई डाइभर्सनमा मुआब्जा विवाद देखिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको डाईभर्सनको सुरुङ निर्माण कार्य सकिएपनि जग्गा मुआब्जा सम्बन्धि विवाद देखिएपछि निर्माण कार्य प्रभावित भएको छ ।

राष्ट्रय गौरवको आयोजनामा विवाद देखिएपछि मंगलबार जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले भेरी डाईभर्सनको स्थलगत अनुगमन गरेका छन । महत्वाकाक्षी योजना रहेकाले आयोजनाप्रति सरकार गभ्भिर रहेको बताउँदै मन्त्री पुनले जग्गा सम्बन्धि विवाद छिट्टै समाधान गरिने बताए । अन्य परियोजनाहरुमा समेत यस प्रकारका समस्या देखिएको र आफुहरुले सरल रुपमा समधान गरेको उल्लेख गर्दै मन्त्री पुनले किसानहरुलाई मार नपर्ने गरि मुआब्जा समस्या समधान गर्ने प्रतिवद्धता जनाए ।

सरकारी तवरबाट निर्माण भईरहेको परियोजनालाई गुणस्तरीय बनाउन स्थानिय निकाय र जनस्तरबाट समेत सहयोग हुनुपर्नेमा मन्त्री पुनले जोड दिए ।

आयोजना निर्माणका क्रममा स्थानियहरुको जमिन कटौती हुने भएकाले आफुहरुले उचित मुआब्जा पाउनुपर्ने स्थानिय हरिमान घलेले बताए । सरकारले आफुहरुलाई न्यून मुल्य दिएर भ्रममा पार्न खोजेको भताउँदै घलेले ऐलानीमा बसोबास गर्नेहरुलाई समेत उचित ब्यबस्थापन गर्न माग गरे ।

मुअब्जा विवादका कारण निर्माण कार्य रोकीन नहुन भेरी बबई डाइभर्सनका परियोजना प्रमुख संजिब बरालले बताए । नयाँ भुमि सम्बन्धी ऐनले मुआब्जा दिन कठिनाई उत्पन्न भएको बताउँदै बरालले नितिगत समस्या मन्त्रालयबाटै फुकाउन मन्त्री पुनलाई आग्रह गरे ।

चिनियाँ कम्पनी चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप लिमिटेड (कोभेक) ले सुरुङ निर्माण कार्य सम्पन्न भएको जनाएको छ । सुरुङ निर्माणलगत्तै ‘फिनिसिङ’ को काममा शुरु गर्ने आयोजनाको तयारी छ । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पुर्याउनुका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ । आयोजनाकालागि आवश्यक १२ कि.मी. को सुरुङ निर्माण कार्य सम्पन्न भैसकेको छ ।