साहुले जमिनसँगै नर्सरी बेचिदिएपछि थारुको बिचल्ली

कोहलपुर नगरपालिका १५ का रामदयाल थारुले विगत पाँच वर्षयता नर्सरी संचालन गर्दै आईरहेका छन । दुई विगाह जमिन भाडामा लिएर नर्सरी संचालन गरेका थारुले अहिलेसम्म २५ लाख लगानी गरीसके । तर प्रतिफल प्राप्त गर्ने सयममा थारुलाई अकल्पनीय समस्याले सताएको छ ।

जग्गाधनिले जग्गासँगै नर्सरी समेत बेचिदिएपछि थारु समस्यामा परेका हुन । १० वर्षसम्म भाडामा लिएको जमिन पाँच वर्षभित्रै किनबेच भएपनि थारुको लगानी डुब्ने खतरा बढेको छ । बि.स. २०७१ सालमा थारुले १० वर्षकालागि जग्गा भाडामा लिएका थिए । बैंंकबाट २५ लाख ऋण लिएका थारुले सोही जग्गामा फलफुत खेती गरे । पाँचवर्षसम्म बिरुवा हुर्काउनमै समय बेतित गरेका थारुले फल खानेबेला लगानी समेत गुम्ने अवस्था आएको बताउँछन ।

नयाँ जग्गा धनीहरुले आफुलाई जग्गा छोड्नकालागि आग्रह गर्दै आएको बताउँदै थारुले भने, ‘बिरुवाबाट प्रतिफल लिने समयमा जग्गा धनीले जग्गा बिक्रि गर्दा पिडित बनेका छौं ।’

भएभरको सम्पती बेचेर नर्सरीमा लगानी गरेकाले आफुहरुको अन्य कुनै आयस्रोतको माध्यम नरहेको रामदयालका वुवा झोले थारुले बताए । नर्सरीबाट दैनिक गुजारा चलाउँदै आएका थारु परिवारले आफुहरु माथी अन्याय नगर्न आग्रह गरेका छन ।

जग्गा किनबेच भएपनि नर्सरी छाड्न कुनै दवाव नदिएको जग्गाधनिले प्रक्रिया दिएका छन । नयाँ जग्गा धनि भट्टराईले जग्गा खरिदबिक्रि भएको एक वर्षपछि जग्गा छोड्ने सहमती भएपनि थारुले अहिलेसम्म जग्गा नछोड्दा समस्या भएको बताए । जग्गा खाली नहुँदा आफुहरुको योजना अलपत्र परेकाले थारुलाई जग्गा छाड्न अनुरोध गरीएको भट्टराईले बताए ।

थारुले उक्त जग्गामा फलफुल तथा नर्सरी संचालनकालागि बैकबाट २५ लाख ऋण निकालेका थिए । भातरबाट समेत बिरुवा मगाएर नर्सरीमा लगाएको थारु बताउँछन । थारु आफैले विरुवा उत्पादन गर्ने र उत्पादन भएका बिरुवाहरु नेपालका विभिन्न जिल्लामा पठाउने गरेका थिए ।