शाहको रिहाईको माग गर्दै कोहलपुरमा प्रदर्शन (भिडियो सहित)

तरुण दल बाँकेले आफ्ना कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै कोहलपुरमा केही बेर नाराजुलुस गरेको छ । प्रहरीले कात्तिक १४ गते तरूण दल नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियार सहित पक्राउ गरेको थियो । शाही लगायत अन्य ५ जना युवा पक्राउ परेपछि त्यसको बिरोधमा तरुण दल बाँकेले कोहलपुरमा शनिबार नाराजुलुस सहित कोणसभा गरेको हो ।

कोणसभामा बोल्ने तरुण दलका नेताहरुले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले फसाएको भन्दै सरकार र प्रहरीविरुद्द चर्का नाराबाजी गरेका थिए । कार्यक्रममा बोल्दै तरुण दल बाँके सभापती बिनोद शाहले आफ्ना कार्यकर्ताहरुलाई सत्ता पक्षले फसाएको आरोप लगाए । उनले पक्राउ परेका सबै तरुणलाई बिनासर्त रिहा गर्न माग समेत गरे ।

इलाका प्रहरी कार्यालय कोहलपुरले नमस्ते भिलेज रिसोर्टबाट बिहीबार राति पेस्तोलसहित तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसँगै अन्य ५ जनालाई पक्राउ गरेको थियो ।

यसैबिच पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा दर्ता गरीएको इलाका प्रहरी कार्यालयका प्रहरी उपरिक्षक हेम बहादुर शाहीले बताएका छन ।

पछिल्लो समयमा इलाका प्रहरी कार्याल कोहलपुर र स्वयं आफ्नो ब्याबसायिक छबिमा प्रभाव पार्ने खालका अनर्गल प्रचार गरीएको शाहीले बताए । निराधार रुपमा गलत प्रचार गर्नु उपयूक्त नभएको भन्दै शाहीले यस बिषयमा थप छानबिन गरी सत्य कुरा बाहिर ल्याउनेमा विश्वस्त हुन आग्रह गरेका छन ।  #@https://youtu.be/PzUT9-TZGps