सनराईजको ठक्करबाट तिन घाईते, एकको अवस्था गम्भिर

कोहलपुर-नेपालगन्ज सडक खण्ड अन्तर्गत बाबानगरमा सनराईज भ्यानले यात्रुबहाक अटोलाई ठक्कर दिएको छ । कोहलपुर नगरपालिका वडा नं. ८ मा पर्ने बाबानगरमा सनराईजले अटोलाई ठक्कर दिदा अटो चालक गम्भीर घाईते भएका छन । दुर्घटनामा अटोमा सवार अन्य दुई जना सामान्य घाईते भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको भे१ज २७९२ नम्बरको सनराईज भ्यानले सोही दिशाबाट आउँदै गरेको भे१ह १७४५ नम्बरका अटोलाई ठक्कर दिएको थियो । ठक्करबाट अटो चालक कोहलपुर नगरपालिका वडा नं. ११ का रामदुलारी थारु गम्भीर घाईते भएका छन । घाईतेको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने भ्यान र चालकलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।